११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

मेयर घिमिरेको पहलमा तिलोत्तमामा २ जनाको कोरोना परीक्षण : रिर्पोट नेगेटिभ



बुटवल । कोरोनाको आशंकामा होम क्वारेन्टाईनमा रहेका तिलोत्तमा नगरपालिकाका दुई जनाको ¥यापिड डायगनोष्टिक (आरडिटी) परीक्षण गरिएको छ ।

कोराना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीका शिक्षकसंगै क्रिमसन अस्पतालको आईसियु कक्षमा उपचार गरिएकी तिलोत्तमा–१० की एक युवती र तिलोत्तमा–३ की एक महिलाको बिहीबार आरडिटी परीक्षण गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेको पहलमा उनीहरुको आरडिटी परीक्षण गरिएको हो । ती दुबै जनाको आरडिटी रिर्पोट नेगेटिभ आएको छ ।

सेमरा बजार हेल्थ पोष्टका ईन्चार्ज कमल पाण्डेयको नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको आरडिटी परीक्षण गरेको हो । ती युवती र महिलाको घरमै पूगेर आरडिटी परीक्षण गरिएको पाण्डेयले जानकारी दिनुभयो । परीक्षण गरिएका दुबैजनाको रिर्पोट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

शंकै शंकाले मानसिक तनाब भईरहेका बेला परीक्षण हुदाँ निकै खुशी र आनन्द लागेको ती युवतीकी आमाले सन्तोष व्यक्त वर्नुभयो। “यत्रो दिन डर, त्रास र तनाबमा बितेको थियो ।,‘परीक्षण पनि भयो, रिर्पोट पनि नेगेटिभ आयो’– उहाँले खुशी ब्यक्त गर्दै भन्नुभयो, ‘यति भएपछि घरपरिवार पनि ढुक्क भयौं, टोलबासी पनि ढुक्क ।”

कोरनाबाट मृत्यू भएकासंगै क्रिमसन अस्पतालको आईसियु कक्षमा उपचार गरिएकी युवतीको परीक्षणमा बेवास्ता गरिएको भन्दै खबरकुरा डटकम लगायतका सञ्चार माध्यमले केही दिन अघि प्राथमिकताका साथ समाचार प्रकाशन गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  १० : ४९ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि