४ पुस २०८२, शुक्रबार | December 19, 2025

पैचोका कर्मचारीलाई कोरोना बीमा



गुल्मी । बस्तु बिनिमयलाई आधार बनाएर ब्यवसाय गर्दै आएको पैँचो पसल प्रालिले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना माहामारी (कोभिड १९)का कारण जोखिममा रहेर काम गर्ने कर्मचारीहरुका लागि प्रालिले कोरोना बीमा गरिदिएको हो ।

पैचोका सबै शाखाका अग्रभागमा काम गर्ने ९१ जना कर्मचारीहरुको बीमा गरिएको पैचोका महाप्रबन्धक सुमन बरालले जानकारी दिनुभयो ।

जोखिमका बाबजुद काममा खटिने ९१ जना कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको बीमा गरिएको उहांले बताउनु भयो ।

कर्मचारीहरुमा कोरोना भाइरस परीक्षण गर्दा दुई पटक पोजेटिभ रिपोर्ट आएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपुर्ति स्वरुप प्रदान गर्ने सगरमाथा इन्स्योरेन्स गुल्मी शाखाका प्रमुख रमेश अधिकारीले बताए ।

कम्पनीले बीमालेख जारी गरि जिल्लाको सदरमुकाम तम्घासमा रहेको पैचो पसललाई हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको