२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

महंगो विद्युतीय गाडी भित्रिँदा दुई वर्ष पेट्रोलियम आयात धान्ने पैसा बाहिरियो : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा सचेतनापूर्वक कर बढाइएको स्पष्ट पार्नुभएको छ । शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले पेट्रोलियम खपत कम गर्नका लागि विद्युतीय सवारी साधन आयात खुकुलो पारिएको तर महँगो विद्युतीय गाडी आयात हुँदा दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा बाहिरिएकोले कर बढाइएको बताउनुभयो ।

खतिवडाले एक दर्जन वस्तुहरुको अन्तशुल्क घटाइएको बताउनुभयो । भन्सार तर्फ आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा फरक पारिएको उहाँले बताउनुभयो । तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार दर एक तह कम गरिएकोे बताउनुभयो । पेट्रोलियम पदार्थ र सुनचाँदीको मूल्यलाई भने भारतसँगको मूल्यमा एकरुपता ल्याउनको लागि भन्सार दर बढाइएको बताउनुभयो । भन्सार दर बढाइएपनि पेट्रेलियम पदार्थको मूल्य तत्काल नबढ्ने उहाँले स्पस्ट पार्नुभयो । उहाँले आन्तरिक उत्पादनलाई राजश्वको मुख्य आधार बनाउने र आयातित वस्तुमाथिको निर्भरतालाई कम गर्दै जाने नीति बजेटले लिएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट आएको बताउनुभएको छ । उच्च आर्थिक वृद्धि गर्न लगानी बढाउन निजी क्षेत्रको लगानीलाई थप प्रोत्साहन गर्ने बजेट ल्याइएको दाबी गर्नुभयो ।

जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी खर्चको प्रकृति बढेकाले आगामी आर्थिक वर्ष आर्थिक विकासलाई तिब्र पार्नुपर्ने चुनौति रहेको समेत खतिवडाले बताउनुभयो । ‘त्यसका लागि छिटो प्रतिफल दिने, आगामी आर्थिक वर्ष भित्रमा सम्पन्न हुने आयोजनाका लागि बजेट विनियोजन गरिएको छ’, उहाँले भन्नुभयो, अर्थतन्त्रमा दिर्घकालीन गेमचेन्जरको रुपमा रहेका आयोजनालाई पनि विस्तारै अगाडि बढाउने गरी बजेटले व्यवस्था गरेको छ ।’

बजेटले रोजगार सिर्जना गर्ने, उद्योग व्यवसायलाई सुचारु गर्ने, र नयाँ लगानी बढाउने विषयमा सम्बोधन गरेको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ३ अर्ब, विद्युत छुटमा ८ अर्ब, सहुलियतपूर्ण कर्जाका लागि १४ अर्ब, पुर्नकर्जाका लागि २० अर्ब रकम खर्च हुने बताउनुभयो । यस्तै कर छुट मार्फत साढे ६ अर्बको राहत मिल्ने र खाद्यान्न विक्री वितरणमा १० प्रतिशत छुट दिँदा ५० करोड भन्दा बढी रकम खर्च हुने बताउनुभयो ।

बजेटमा ७ लाख भन्दा बढीलाई रोजगारी सिर्जना गर्ने गरी कार्यक्रमहरु समावेस गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम, साना किसान कर्जा कार्यक्रम, युवा स्वरोजगार, गरिवका लागि लघु उद्यम कार्यक्रम, वन पैदावार सम्बन्धी कार्यक्रम, गरिवी निवारण कोष, प्राविधिक व्यवसायीक तालिम, सीपमुलक कार्यक्रम लगायतबाट रोजगारी बढाउने गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले कोरोना भाइरसका कारण आन्तरिक आर्थिक क्रियाकलाप संकुचित भएको अवस्थामा थप करको बोझ नबढाइएको तर यथावत राखिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न सरकारले बजेट मार्फत करिब ६० अर्ब रुपैयाँ खर्च गर्न लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०७७/०७८ को बजेट मार्फत कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई उकास्न विभिन्न कार्यक्रम मार्फत ५५ अर्ब देखि ६० अर्ब रुपैयाँ सम्म खर्च गर्ने गरी कार्यक्रम ल्याइएको छ । सरकारले बजेटमार्फत कोरोनाका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न विभिन्न कार्यक्रमबाट राहतको व्यवस्था गरेको छ ।’

आर्थिक क्रियाकलापलाई पूँजी क्षय हुन नदिन र उद्योगी व्यवसायिको मनोबल माथि उठाउन सामाजिक कार्यक्रम र राहतका क्षेत्रमा ठूलो आकारको बजेट छुट्याइएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले राहतको प्याकेज होमोजोनस नहुने र राहत नगदमा, छुटमा, प्रोत्साहनमा, सस्तो ब्याजमा दिइने ऋणमा, बीमा शुल्कमा दिइने छुट र कर छुटमा दिइएको बताउनुभयो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : ३८ बजे

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा रौतहटमा मतदान

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

मतदाताले नयाँ र पुरानो होइन, को सही र को गलत छ भन्ने छुट्याउनेछन् : प्रचण्ड

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

उम्मेदवारहरुले धामाधम् मतदान गर्दै, शर्मा, घिसिङ र पोखरेलले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित

प्रचण्डले गरे चितवनबाट मतदान, मतदानपछि रुकुमपूर्व प्रस्थान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित