७ आश्विन २०८३, बुधबार | September 23, 2026

दशगजा क्षेत्र खाली गराउन सरकारलाई राज्य ब्यवस्था समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गराउन सरकारलाई निर्देशन दिएको छ ।

राज्य ब्यवस्था समितीको आज बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितीले सीमा क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिंदै अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरित अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत सीमा क्षेत्रको दशगजा (नो म्यान्स ल्याण्ड) मा मानव बस्ति राख्न नहुने बताएको छ । सीमामा रहेका वस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्न समितीले बनेको छ ।

समितिकी सभापति शशी श्रेष्ठले‘ यसरी हटाउन भनिएको संरचना भारत तर्फमात्र होईन नेपाल र भारत दुबैतर्फका हटाउन भनिएको बताउनु भयो । बैठकमा सहभागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई समितीका सदस्यहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित सीमा समस्याका बारेमा भएको प्रगतिका बिषयमा प्रश्न गरेका थिए ।

बैठकमा सहभागि परराष्ट्र«मन्त्री ज्ञवालीले भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको जानकारी दिनुभएको थियो । उहांले भारतले नेपालले बनाएको नक्सा स्वीकार्य नहुने र कुटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिले सम्म कुनै मिति र मोडालिटी तय नभएको बताउनुभयो । सरकार मिति र मोडालिटीको पर्खाइमा रहको ज्ञवालीको भनाई छ ।

सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको समेत उहांले बताउनुभयो । उहाँले सिंगो देश एकबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ६ : ५९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११