५ पुस २०८२, शनिबार | December 20, 2025

दशगजा क्षेत्र खाली गराउन सरकारलाई राज्य ब्यवस्था समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गराउन सरकारलाई निर्देशन दिएको छ ।

राज्य ब्यवस्था समितीको आज बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितीले सीमा क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिंदै अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरित अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत सीमा क्षेत्रको दशगजा (नो म्यान्स ल्याण्ड) मा मानव बस्ति राख्न नहुने बताएको छ । सीमामा रहेका वस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्न समितीले बनेको छ ।

समितिकी सभापति शशी श्रेष्ठले‘ यसरी हटाउन भनिएको संरचना भारत तर्फमात्र होईन नेपाल र भारत दुबैतर्फका हटाउन भनिएको बताउनु भयो । बैठकमा सहभागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई समितीका सदस्यहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित सीमा समस्याका बारेमा भएको प्रगतिका बिषयमा प्रश्न गरेका थिए ।

बैठकमा सहभागि परराष्ट्र«मन्त्री ज्ञवालीले भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको जानकारी दिनुभएको थियो । उहांले भारतले नेपालले बनाएको नक्सा स्वीकार्य नहुने र कुटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिले सम्म कुनै मिति र मोडालिटी तय नभएको बताउनुभयो । सरकार मिति र मोडालिटीको पर्खाइमा रहको ज्ञवालीको भनाई छ ।

सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको समेत उहांले बताउनुभयो । उहाँले सिंगो देश एकबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ६ : ५९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य