१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

विदेशबाट नेपाली फर्काउने सरकारको निर्णयको एनआरएनद्वारा स्वागत, सहजीकरण गर्ने



लण्डन । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघको प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वेदश ल्याउने निर्णयमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले जनाउनुभएको छ।

पन्तले सरकारको निर्णयको स्वागत गर्दे प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन् । उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षीत रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताउनुभयो।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रवार बसेको बैठकले दश दिनपछि दैनिक ३ हजारदेखि ३ हजार ५ सय सम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको थियो ।

उच्चस्तरिय समितिको निर्णयलाई बमोजिम मन्त्री परिषदले अनुमोदन गरे पछि उद्धारको कार्य सुरु हुने भएको छ ।

यसै बीच संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समितिहरुलाई एक पत्र जारी गर्दै केहि दिन धैर्य गर्न आग्रह गर्नुभएको छ ।

उहाँले विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ र तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि शुरु हुने अनुमान छ ।

नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाउने सरकारको तयारी रहेको छ । नेपाल फर्किन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ । यसअघि एनआरएनए अमेरिका, युके, कतार, युएई लगायतका देशले नेपाल फर्किन चाहने नेपालीहरुको नाम संकलन गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ७ : ४६ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा