५ पुस २०८२, शनिबार | December 20, 2025

जुन ११ देखि स्पेनिस ला लिगा फुटबल पुनः सुरु



आउँदो जुन ११ देखि स्पेनिस ला लिगा फुटबल पुनः सुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु बन्द रंगशालामा जुन ११ देखि हुने भएका हुन् ।

जुन ११ मा रियल बेटिसले सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ । आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने तय भएको छ । यो सिजन जुलाई १८–१९ को सप्तान्तमा टुंग्याउने तयारी आयोजकको छ ।

तर त्यसलाई कोरोना भाइरसको संक्रमणको अवस्थाले प्रभावित गर्न सक्ने छ । स्पेन सरकारले खेलकुद विभागले ला लिाग र स्पेनिस सकर फेडेरेशन (आरएफइएफ) सँग लिग पुनः सुरु गर्ने सम्बन्धी सहमति भएको जनाएको छ ।

स्पेनमा फुटबल लिगहरु गएको मार्च १२ देखि रोकिएका छन् । प्रधानमन्त्री पेद्रो सान्चेजले यसअघि खेलहरु जुन ८ देखि सुरु हुन सक्ने बताएका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ६ : १८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता