१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’



बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका फुटपाथमा बनेका अतिक्रमित संरचना हटाउन शुरू गरिएको छ । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको फुटपाथमा बनेका अतिक्रमित संरचनामा बुधबारदेखि हटाउन सुरु गरेको हो ।

बजार क्षेत्रमा सडक पेटीमै जथाभावी व्यापार, ठेला व्यवसाय तथा रिकन्डिसन मोटरसाइकल जस्ता सामग्री सडक छेउमै राखेर फुटपाथ अतिक्रमण गरिन थालेपछि अतिक्रमण हटाउन आजबाट डोजर परिचालन गरिएको बुटवल उपमहानगरले जनाएको छ ।

पछिल्लो समय बजार क्षेत्रमा सडक पेटीमै जथाभावी व्यापार, ठेला व्यवस्थापनको अभाव तथा रिकन्डिसन मोटरसाइकल जस्ता सामग्री सडक छेउमै राखेर बिक्री गर्ने प्रवृत्ति बढेपछि पैदल यात्रुलाई हिँडडुलमा समस्या हुन थालेको थियो ।

उपमहानगरपालिकाले सडक किनार र फुटपाथ अतिक्रमण गरी सञ्चालन गरिएका व्यवसाय हटाउन भन्दै विगत तीन दिनसम्म माइकिङ गरेको थियो। तर, पटक पटक आग्रह गर्दा पनि सडकको फुटपाथमा सञ्चालन गरिएका पसल तथा व्यवसाय नहटाएपछि बुधबार अपराह्नदेखि डोजर चलाएर फुटपाथ खाली गरेको उपमहानगरपालिकाले जनाएको छ।

डोजर चलेसँगै सामाजिक सञ्जालमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले आफु अतिक्रमण हटाउन आग्रह गर्दा गर्दा थाकेको जनाएका छन् । उनले लेखेका छन्, ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन, सबैजनाको सहयोगको आशा राखेको छु ।’

फुटपाथ र सडक किनार कब्जा गरी थापिएका पसलका कारण अस्पताल लाइन, भुड्की चोक, पुष्पलाल पार्क सबैभन्दा बढी अस्तव्यस्त बनेको थियो।

डोको र ठेलामा राखिएका तरकारी, फलफूल र कपडा पसलका कारण बिरामी लिएर आउने एम्बुलेन्सलाई समेत अस्पताल भित्र छिर्न अवरोध भएपछि सबैभन्दा पहिले अस्पताल लाइन र भुड्की चोकको सडक र फुटपाथ खाली गरिएको उपमहानगरपालिकाले जनाएको छ।

यसअघि हरेक दिन बिहानैदेखि सडक किनारमा पसल थाप्ने फुटपाथ व्यापारीहरूले बुधवार पसल सञ्चालन नगरे पनि वर्षौँदेखि सडक किनारका घरमा पसल तथा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले भने अटेर गर्दै फुटपाथमा समेत पसल सञ्चालन गरेपछि डोजर लगाएर अतिक्रमण हटाइएको हो।

भुड्की चोकमा वर्षौंदेखि सडक कब्जा गरी भुड्की पसल सञ्चालन गरिएका थिए भने अस्पताललाईनको आकाशे पुल अगाडि फुटपाथमै समेत कपडा पसल सञ्चालन गरिएको थियो।

नेपाल प्रहरी र नगर प्रहरीको साथमा डोजर लिएर गएको उपमहानगरपालिकाले त्यस्ता पसलहरू हटाएको हो। त्यस्तै लामो समयदेखि फुटपाथ समेत कब्जा गरी सञ्चालन गरिएका मोटरसाइकल शोरूम र रिकन्डीसन शोरूमबाट पनि मोटरसाइकलहरू हटाइदिएको छ।

उपमहानगरपालिकाले सडक किनार कब्जा गरेर राखिएका मोटरसाइकलहरू क्रेनले उठाएर त्यहाँबाट हटाएको हो। बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले यसअघि पटक पटक सडक किनार खाली गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि बाध्य भएर डोजर लगाउनुपरेको बताए।

उपमहानगरपालिकाका अनुसार पहिलो चरणमा ठेला र फुटपाथ व्यापार हटाइनेछ भने दोस्रो चरणमा सडकमा छाडा छोडिएका चौपाया व्यवस्थापन गर्ने योजना उपमहानगरको छ । छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रणमा लिन लागिएको हो । स्थानीयले यस कदमलाई सकारात्मक रूपमा लिएका छन् ।

यसले बजार क्षेत्र व्यवस्थित, सुरक्षित र आकर्षक शहर बनाउन सहयोग पुग्ने नगर प्रमुख पाण्डेयले अपेक्षा गरे ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १० : १६ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा