१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

रुपन्देहीबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ



बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा नक्कली नेपाली नोटको अबैध कारोवारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मितिमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ भैरहवा र सैनामैना नगरपालिका वडा नं.१० भच्कैयाबाट नक्कली नोट सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु बाणगङ्गानगरपालिका वडा नं. २ का ३६ वर्षिय विष्णु श्रेष्ठ, नवलपरासी सुस्तापुर्व) देवचुलि नगरपालिका वडा नं. १५ का २८ वर्षिय सुजन खनाल भन्ने मुक्ति प्रसाद खनाल, सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका वडा नं. ८ का ३५ वर्षिय रोल बहादुर श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ का ५३ वर्षिय दिपेन्द्र थापा रहेका छन् ।

उनीहरुलाई चैत्र २२ गते र २६ गते फरक फरक मिति र समेयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट २१ थान १ हजार दरका २१ थान नक्कलीनोट बरामद भएको छ ।

नक्कली नोटको कारोबार सम्बन्धमा पक्राउ परेकाहरुबाट बयान लिई थप अनुसन्धान र खोजी कार्य कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ९ : ३९ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति