१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

बजेटमा एमसीसी भूत : विवाद बढेपछि नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं । सरकारले चोरबाटोबाट एमसीसी परियोजना अघि बढाउन खोजेको भन्दै नेकपाभित्र पुनः विवाद सुरु भएको छ ।

बजेटमा केही परियोजनाहरुमा एमसीसी परियोजनाबाट प्राप्त हुने रकम उल्लेख गरिएपछि नेकपाभित्र तरङ्ग देखिएको हो । पार्टीको निर्देशन विपरित सरकारले एमसीसी अघि बढाउन खोजे बजेट नै फेल गराइदिने चेतावनी कतिपय नेताले सार्वजनिक रुपमा दिन थालेका छन् । बजेट फेल हुनुको अर्थ सरकार असफल हुनु हो ।

सरकारको नीति तथा कार्यक्रममा लप्सिफेदी, नुवाकोट रातामाटे दमौली बुटवल प्रसारण लाइन निर्माण गरिने भनेर उल्ले गरिएको थियो । यही प्रसारण लाइन निर्माणका लागि सिधै नभनिए पनि एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदानको रुपमा बजेटमा समावेश गरिएको छ ।

नेकपाका वरिष्ठ नेत झलनाथ खनालले चोबाटोबाट ल्याइएको यस्तो बजेटलाई स्वीकार गर्न नसकिने बताउनुभएको । एमसीसी यथास्थितिमा अनुमोदन गर्न नसकिने खनालको अडान रहेको छ ।

बजेटलगत्तै पार्टीभित्र विवाद भुसको आगो जस्तै सकिल्न थालेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफल पछि आज बिहानका लागि बैठक बोलाइएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ७ : १७ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा