५ पुस २०८२, शनिबार | December 20, 2025

एमसीसी संसदको अंग भएकोमा नेकपा नेताहरु सहमत, संसदले जे गर्छ त्यसैअनुसार अघि बढ्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले एमसीसी सम्झौतासँग जोडिएका परियोजनाहरुलाई तत्काल अघि नबढाउने निर्णय गरेको छ ।
बजेटमा एमसीसीसँग जोडिएका परियोजनाहरु समावेश भएको र वैदेशिक ऋण तथा अनुदान सारंश शिर्षकको अनुुसूचिमा एमसीसी सहयाता लिने लेखिएपछि बढेको विवाद मत्थर पार्न बसेको नेकपा सचिवालय बैठकले तत्काल ती परियोजनाहरु अघि नबढ्ने सहमति गरेको हो ।

एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका निम्ति छलफल गरिएको बताउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले संसदबाट सम्झौता पारित भएर अघि बढेमा त्यसैअनुप हुने, नभए सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे सोचेर अघि बढ्ने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘यदि संसदले त्यसअनुसार अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाबारे अगाडि सोचेर बढ्ने कुरा नै अर्थमन्त्रीले पनि स्पष्ट पार्नुभएको छ र संसदमा पनि त्यसअनुसार नै स्पष्ट पार्ने, जानकारी गर्ने भनिएको छ ।’

एमसीसी प्रस्ताव अहिले संसदमा विचाराधीन छ । ‘त्यसैले बजेटको व्यवस्था पनि त्यही अनुसार हुने कुरालाई स्पष्ट पारिने अर्थात प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु भएअनुसार नै एमसीसी सम्झौता अनुमोदन भएको खण्डमा त्यस अनुसार हुनेछ ।’

पार्टीले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनका आधारमा छिट्टै सचिवालयको बैठके आवश्यक निष्कर्षमा पुग्ने समझदारी बनेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । ‘पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन यसअघि नै बुझाइसकेको छ, त्यो प्रतिवेदनलाई समेत अध्ययन गरेर छिट्टै सचिवालयको बैठकमा त्यसबारेमा गम्भीर छलफल गरी आवश्यक निष्कर्षमा पुग्ने समझदारी बनेको छ’, उहँले भन्नुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  १ : ४९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता