३१ श्रावण २०८३, आइतबार | August 16, 2026

६ महिनाभित्र कोरोना विरुद्धको पहिलो खोप बजारमा, चिनियाँ अनुसन्धानकर्ता सफलता नजिक



कोरोना विरुद्धको खोपमा चिनिया अनुसन्धानकर्ताहरुलाई ठूलो सफलता मिलेको छ । अहिले २ हजार जनामा दोस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल) भैरहेको कारोना विरुद्धको खोप यसै वर्षको अन्तसम्ममा विक्रिका लागि बजारमा आउने भएको छ ।

चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा प्रकाशित गरेको रिपोर्टमा कोराना विरुद्धको खोप वर्षको अन्तसम्ममा बजारमा आइपुग्ने जनाइएको छ ।

यो भ्याक्सिन संयुक्त रुपमा बेइजिङ इन्स्टीच्युट अफ बायोलोजिकल प्रोडक्ट र चाइना नेशनल बायोटेक ग्रुपले विकास गरेका हुन् ।

रिपोर्टमा भ्याक्सिनको दोश्रो चरणको परीक्षण पूरा हुन लागेको जनाउँदै वर्षको अन्ततिर आम सर्वसाधारणको लागि खो प्रयोगमा आउने उल्लेख गरिएको छ ।

भ्याक्सिन उत्पादन क्षमता बार्षिक १० अर्बदेखि १२ अर्बसम्म हुने जनाइएको छ ।

विश्वभर कोरोना भाइर विरुद्धको खोप तयार गर्न अनुसन्धान भैरहेको छ । तर, केहीमात्र भ्याक्सिनको विकास आशलाग्दो रहेको छ । खोपको तेस्रो चरणको परीक्षण सफल भएपछि मात्र आम उपयोगका लागि व्यवसायिक उत्पादन हुन्छ । केही दिन अघि भएको विश्व स्वास्थ्य संगठनको बैठकमा चिनिया राष्ट्रपति सि चिङफिङले कोरोना विरुद्धको खोप विश्वभर बाँढ्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ७ : १३ बजे

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको