४ पुस २०८२, शुक्रबार | December 20, 2025

६ महिनाभित्र कोरोना विरुद्धको पहिलो खोप बजारमा, चिनियाँ अनुसन्धानकर्ता सफलता नजिक



कोरोना विरुद्धको खोपमा चिनिया अनुसन्धानकर्ताहरुलाई ठूलो सफलता मिलेको छ । अहिले २ हजार जनामा दोस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल) भैरहेको कारोना विरुद्धको खोप यसै वर्षको अन्तसम्ममा विक्रिका लागि बजारमा आउने भएको छ ।

चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा प्रकाशित गरेको रिपोर्टमा कोराना विरुद्धको खोप वर्षको अन्तसम्ममा बजारमा आइपुग्ने जनाइएको छ ।

यो भ्याक्सिन संयुक्त रुपमा बेइजिङ इन्स्टीच्युट अफ बायोलोजिकल प्रोडक्ट र चाइना नेशनल बायोटेक ग्रुपले विकास गरेका हुन् ।

रिपोर्टमा भ्याक्सिनको दोश्रो चरणको परीक्षण पूरा हुन लागेको जनाउँदै वर्षको अन्ततिर आम सर्वसाधारणको लागि खो प्रयोगमा आउने उल्लेख गरिएको छ ।

भ्याक्सिन उत्पादन क्षमता बार्षिक १० अर्बदेखि १२ अर्बसम्म हुने जनाइएको छ ।

विश्वभर कोरोना भाइर विरुद्धको खोप तयार गर्न अनुसन्धान भैरहेको छ । तर, केहीमात्र भ्याक्सिनको विकास आशलाग्दो रहेको छ । खोपको तेस्रो चरणको परीक्षण सफल भएपछि मात्र आम उपयोगका लागि व्यवसायिक उत्पादन हुन्छ । केही दिन अघि भएको विश्व स्वास्थ्य संगठनको बैठकमा चिनिया राष्ट्रपति सि चिङफिङले कोरोना विरुद्धको खोप विश्वभर बाँढ्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ७ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको