९ भदौ २०८३, मंगलबार | August 26, 2026

स्याङ्जा अस्पतालको आइसोलेसनमा रहेका संक्रमितलाई आयुर्वेदिक औषधी प्रयोग गरिँदै



स्याङ्ग्जा । स्याङ्जा जिल्ला अस्पतालमा आईसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितका लागि जीवनशैली परामर्श योगसँगै रोगप्रतिरोध क्षमता अभिवृद्धि गर्ने जडिबुटी चिया र आयुर्वेद औषधीको प्रयोग गर्न थालिएको छ ।

नेपाल सरकारद्वारा जारी आयुर्वेद एवं वैकल्पिक चिकित्साबाट कोभिड–१९ रोकथाम एवम व्यवस्थापनसम्बन्धी निर्देशन बमोजिम आइसोलेसनमा राखिएका ४ जना संक्रमितहरुलाई आयुर्वेद औषधीको प्रयोग गरिएको हो । अस्पतालमा रहेका कोरोना संक्रमितहरुमा अहिले अश्वगन्धा, तुलसी, गुर्जो र महासुदर्शन चुर्ण, जस्ता जडिबुटी एवं आयुर्वेद औषधीको प्रयोग गरिएको छ ।

आयुर्वेदिक औषधीले संक्रमित व्यक्तिमा रोग प्रतिरोधक क्षमता वढाउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङजाका आयुर्वेद चिकित्सक डा. सुभद्रा कार्कीले बताउनुभयो । डा. कार्कीकाअनुसार आयुर्वेदिक औषधीले कुनै नकरात्मक प्रभाव नपर्ने र विभिन्न अनुसन्धानहरुले जडिबुटीहरुमा भएका रासायनिक पदार्थमा एन्टीअक्सिडेन्ट, इम्युनोमोडुलेसन साथै एन्टीइन्फलामेटरी गुणहरु देखाएको छ । त्यसैगरी बिरामीहरुमा देखिएको तनाव व्यवस्थापनको लागि योग र प्राणयाम पनि सुरु गरिएको छ । यसरी योग र आयुर्वेदसहितको एकीकृत चिकित्साको माध्यमबाट बिरामीहरुको उपचारमा थप प्रभावकारी भइरहेको चिकित्सक कार्कीले बताउनुभयो ।

लाक्षणिक चिकित्सा नै अहिलेको मुख्य चिकित्सा योजना भएकोले आयुर्वेद औषधी एवं जडीबुटीमा पनि इमर्जेन्सी अवस्थामा बाहेकका माइल्ड मोडरेट केशका लागि सुरक्षित रहेको डा. कार्कीले बताउनुभयो ।

आयुर्वेद केन्द्र अवलोकन गर्न पुग्नुभएकी गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले अस्पतालसँग समन्वय गरी गरिएको आयुर्वेद औषधी प्रयोग कार्यको प्रशंसा गर्नुभयो । त्यसअवसरमा मन्त्री पुनले अन्य जिल्लामा आयुर्वेदिक पद्दतीको अनुशरण गर्नुपर्ने बताउनुभएको थियो ।
संक्रमित व्यक्तिको हौसला बढाउनका साथै आईसोलेसन व्यवस्थापनको अनुगमनका क्रममा स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्मा, मन्त्रालयका नीति योजना कानुन तथा जनस्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवालीले पनि अवलोकन गर्नुभएको थियो ।

भारतमा सरकारले नै कोभिड–१९ मा अश्वगन्धा, पिप्ली, मरिच र जेठीमधुको प्रभावबारे अनुसन्धान सुरु गरेको छ भने आयुर्वेदतर्फ कुल १५ वटा अनुसन्धानहरु भैरहेका छन् । हालसम्म कोरोना भाइरसको लागि कुनै औषधी वा भ्याक्सिन पत्ता लागेको छैन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ९ : ४९ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त