१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेकपा महासचिव पौडेलले पठाए गृह जिल्लाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री



बुटवल । पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले आफ्नो गृह जिल्ला रुपन्देहीका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री पठाउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मासचिव समेत रहनुभएका पोडेले पठाउनु भएको स्वास्थ्य सामाग्री प्रेस संगठनको समन्वयमा नेकपा रुपन्देहीका सचिव निर्मल जिसि, प्रचार विभाग प्रमुख मोहन चापागाई, नेकपा क्षेत्र न. २ का संयोजक तेजेन्द्र केसीले नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गर्नुभयो । नेपाल पत्रकार महासंघ रुपन्देही आवद्ध पत्रकारहरुलाई उक्त सामग्री उपलब्ध गराईने पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।

महासचिव पौडेलले पठाउनु भएको स्वास्थ्य सामग्रीमा पत्रकार परिचय पत्र सहितको ६ सय थान ज्याकेट र केएन ९५ मास्क रहेको छ ।

सामाग्री हस्तान्तरण गर्दै नेकपा रुपन्देहीका सचिव निर्मल जिसीले महामारीको संकटमा परिचय सहित फिल्डमा खटिदा केहि हदसम्म सुरक्षा कायम हुन सक्ने बताउनभयो । उहांले कोरोना महामारीले स्थिती निकै असहज बनेको भन्दै सबैले सजगता अपनाउनुपर्ने बताउनुभयो ।

नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले नेकपा महासचिव तथा रुपन्देहीका सांसद पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारहरुका लागि उक्त सामाग्री उपलब्ध गराएको बताउनुभयो । उहाले पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले महामारीका बेला परिचयपत्र सहित फिल्डमा जादा त्यसले सहजता ल्याउन बताउनुभयो ।

पत्रकार महासंघमा प्राप्त भएको उक्त सामाग्री महासंघका सदस्यहरुलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसिले बताउनुभयो । उहाले पहिचान सहित फिल्डमा खटिनुपर्ने भएकाले यसले सहजता ल्याउने बताउनुभयो ।
यसअघि महासंघ रुपन्देहीले सुरक्षा सामाग्री वितरण गरेको सचिव रामप्रसाद आचार्यले बताउनुभयो । पत्रकारहरुको कोरोना बिमा पनि प्रक्रियामा रहेकाले आवश्यक कागजपत्र उपलब्ध गराउन संघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १२ : ३८ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर