४ पुस २०८२, शुक्रबार | December 19, 2025

कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन



बाठमाण्डौं । वरिष्ठ कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन भएको छ । उहाको आज निधन भएको हो । आफ्नै घर बागडोलमा उहाको बिहान ११ बजेर २० मिनेटमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिनुभयो ।

कलाकार ठकुरीको ८० बर्षको उमेरमा निधन भएको हो । उहाको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिदैछ ।

उहा आफ्नो छोरीको साथमा रहँदै आउनुभएको थियो । लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिनुभएका ठकुरीलाई सुगर लगायतको रोग समेत थियो ।

स्व।कलाकार ठकुरीले ‘एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकार’ लगायत तीन दर्जन बढी नेपाली चलचित्रमा अभिनय गर्नुभएको ठकुरीले केही सिरियलमा समेत काम गर्नुभएको छ । चार दशक भन्दा लामो समयदेखि उहा कलाकारितामा सक्रिय रहनुभएको थियो ।

उहाप्रति हाम्रो पनि  हार्दिक श्रद्धाञ्जली

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  २ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको