३ मंसिर २०८२, बुधबार | November 19, 2025

बजेट व्यवहारिक भएन, राजस्व असुल हुन सक्दैन : विनोद चौधरी



काठमाडौं । सांसद विनोद कुमार चौधरीले सरकारले प्रक्षेपण गरे अनुसार आगामी आर्थिक बर्षमा राजश्व असुल हुन नसक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै चौधरीले १० खर्बको राजश्व संकलन हुने सरकारको प्रक्षेपण सफल नहुने बताउनुभएको हो ।

सरकारको आगामी आर्थिक बर्षको बजेटमा ‘चालु आर्थिक बर्षमा ८ खर्ब राजश्व उठाएको भएपनि आगामी बर्ष १० खर्बको राजश्व प्रक्षेपण’ गरिएको उल्लेख गर्दे चौधरीले बजेटमा अपेक्षा गरिए अनुसार राजश्व संकलन हुन नसक्ने दाबी गर्नुभयो ।

कोरोना संक्रम नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण उद्योग व्यवसाय ठप्प रहेको अवस्थामा म्ुलुकको अर्थतन्त्रको यथार्थ धरातल विर्सेर राजश्व संकलनको अपेक्षा मात्रै बढाउनु व्यवहारीक नभएको तर्क उहाँको थियो ।

उहाँले भन्नुभयो “ यो बजेट एजम्सनको आधार नै हाईट अफ अप्टिमिजम हो । अप्टिमिजम अप्टिमिष्ट हुनुपर्छ । स्वप्नदर्शी हुनुपर्छ तर त्यसको धरातललाई विर्सनु हुदैन । ”

आगामी दिनहरु अत्यन्तै कठिन बन्ने र आधा भन्दा बढी रेमिटेन्समा प्रभाव देखिने उल्लेख गर्दे उहाँले रोजगारी गुमेकाको जिविकोपार्जन लाई नै सरकारले पहिलो आवश्यकता र प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो “बेरोजगार, सानातिना काम गर्नेहरुको खल्ती सुकिसकेको, उद्योगहरु बन्द छन् । र ठूला ठूला ऋण लिएर सञ्चालन भएका हाईड्रो, सिमेण्ट लगायतका परियोजनाहरु , नीजी क्षेत्रका र सरकारी समेत पनि लगभग बन्द छन् । होटल, स्कुल बन्द छन् । हस्पिटल पनि लगभग बन्द छन् । महल, रियल स्ट्रेड सबै बन्द छन् । चालु छ भने केबल ब्याजको मिटर । बत्तिको मिटर । ”

कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि आफूहरुले २ सय ५० अर्बको अनुदान दिन सरकार समक्ष प्रस्ताब राखेको स्मरण गराउदै उहाँले सरकारले घोषणा गरेको राहत कार्यक्रममा यातयात, शिक्षण, निर्माण र ठूला आयोजना समावेश नभएकाले ती क्षेत्र धरासायी बनेमा त्यसको प्रभाव बैकिङ्ग क्षेत्रमा पनि पर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले बजार बन्द, यातायात बन्द, भएकाले उत्पादन बजार पुर्याउन नसकिएको अवस्थामा उत्पादन र बजारको श्रृंखलालाई कायम गर्न नसक्दा भविश्यमा लुटपाट जस्ता विकृति देखा पर्नसक्ने चेतावनी दिनुभयो ।

ठूलो रोजगारी श्रृजना गर्न सक्ने क्षेत्र कृषि नै भएकाले भारत र चाईनाका उत्पादनसंग प्रतिष्पर्धा गर्न सक्ने गरि आवश्यक बजारीकरण र पुर्वाधारको विकास गरि वेरोजगारलाई शीपसंग जोडेर पूँजीको रुपमा बदल्ने काम गर्नु अत्यन्तै आवश्यक रहेको भन्दै उहाँले बजेट संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ४ : १९ बजे

मोटोपनले अस्वस्थ महिला

काठमाडौँ । अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ । अध्यक्ष