६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कोरोना बिशेष अस्पताल बुटवलबाट ४ जना डिस्चार्ज



बुटवल । कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिएसंगै प्रदेश नम्बर ५ का आइसोलेसन अस्पतालबाट संक्रमितहरु निको भएर पनि जान थालेका छन् । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट सुरुभएको निकोहुने सृङ्खला नेपालगन्ज, दाङ हुंदै आज कोरोना बिषेश अस्पताल बुटवलबाट थप ४ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।

लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालका अनुसार निको हुनेमा कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जना छन् । १५ देखि ४० वर्ष उमेर समूहकाउनीहरू वैशाख २९ र ३० गते भर्ना भएका थिए ।

अस्पतालबाट हालसम्म १५ जना निको भएर घर फर्किसकेको छन् । यस अगाडि जेठ १० गते कपिलवस्तुका १० जना युवा निको भएर घर गएका थिए भने रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा वैशाख ३० गते निको भएर घर फर्किसकेका छन् ।

आज निको भएर फर्केका युवाले अस्पतालमा धेरै राम्रो सेवा पाएको प्रितिक्रिया दिएका छन् । उनले अस्पताल र स्वास्थ्यकर्मीहरुले राम्रो ब्यवहार गरेको बताए ।

कोरोना अस्पतालको जनरल वार्डमा ३१ जना र १ जना आइसीयुमा उपचाररत रहेको डाक्टर खनालले जानकारी दिनुभयो । योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ५२ जना पुगेको छ । संक्रमण मुक्त भएकाहरुलाई मेसु डाक्टर खनाल र फोकल पर्सन डाक्टर सुदर्शन थापाले फुल दिएर अस्पतालबाट बिदा गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ६ : ०० बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको