२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना बिशेष अस्पताल बुटवलबाट ४ जना डिस्चार्ज



बुटवल । कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिएसंगै प्रदेश नम्बर ५ का आइसोलेसन अस्पतालबाट संक्रमितहरु निको भएर पनि जान थालेका छन् । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट सुरुभएको निकोहुने सृङ्खला नेपालगन्ज, दाङ हुंदै आज कोरोना बिषेश अस्पताल बुटवलबाट थप ४ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।

लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालका अनुसार निको हुनेमा कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जना छन् । १५ देखि ४० वर्ष उमेर समूहकाउनीहरू वैशाख २९ र ३० गते भर्ना भएका थिए ।

अस्पतालबाट हालसम्म १५ जना निको भएर घर फर्किसकेको छन् । यस अगाडि जेठ १० गते कपिलवस्तुका १० जना युवा निको भएर घर गएका थिए भने रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा वैशाख ३० गते निको भएर घर फर्किसकेका छन् ।

आज निको भएर फर्केका युवाले अस्पतालमा धेरै राम्रो सेवा पाएको प्रितिक्रिया दिएका छन् । उनले अस्पताल र स्वास्थ्यकर्मीहरुले राम्रो ब्यवहार गरेको बताए ।

कोरोना अस्पतालको जनरल वार्डमा ३१ जना र १ जना आइसीयुमा उपचाररत रहेको डाक्टर खनालले जानकारी दिनुभयो । योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ५२ जना पुगेको छ । संक्रमण मुक्त भएकाहरुलाई मेसु डाक्टर खनाल र फोकल पर्सन डाक्टर सुदर्शन थापाले फुल दिएर अस्पतालबाट बिदा गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ६ : ०० बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी