४ पुस २०८२, शुक्रबार | December 20, 2025

कपिलवस्तुको तरकारी अर्घाखांचीमा अस्वीकार्य, १ गाडी तरकारी खोलामा फालियो



अर्घाखाँची । कपिवस्तुका किसानले उत्पादन गरेरे बिक्रिका लागि अर्घाखांची पु¥याईएको तरकारी जिल्लामा बेच्न नदिने भन्दै नष्ट गरिएको छ ।

जिल्ला बिपद ब्यवस्थापन समितिले कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन प्रतिबन्ध लगाएको अवस्थामा तरकारी जिल्ला भित्राएको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तरकारी नष्ट गरेको हो ।

सन्धिखर्ककको फोहोर फाल्ने ठाउँमा लगेर प्रहरीले तरकारी नष्ट गरेको हो । सन्धिखर्कमा तरकारी तथा फलफुल विक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका सञ्चालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं.१० बाट बिक्रीवितरणको लागि अर्घाखांची लगेका थिए । उनले लगेका हरियो तरकारीहरु बोडि, करेला, लौका, घिरौला, भेन्डी टमाटर र खुर्सानीहरु प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्ने भन्दै प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक प्रकाश खत्रीले बताए ।

अर्घाखाँचीमा खाद्यान्न तथा विकास निर्माणमा प्रयोग हुने सामाग्रीहरुमा भने प्रतिबन्ध लगाईएको छैन । जिल्लामा अहिलेसम्म दुई जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ६ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको