२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

बुटवलमा महामारीविरुद्ध स्वनियम पालना गर्न बुटवल उपमहानगरपालिको आग्रह



बुटवल । बुटवल उपमहानगरपालिकाले महामारी विरुद्धको स्वनियम र सामाजिक अभियानलाई पालना गर्दै सुरक्षाका सबै उपाय अपनाउन आग्रह गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक अपिल प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो । सार्वजानिक आग्रह संगै स्वनियम पालना गराउन र बजारको अवस्था अनुगमन गर्न उपमहानगर प्रमुखको नेतृत्वमा सुरक्षा निकायका प्रतिनिधि सहितको टोलि नगरको टोलटोलमा पुगेको थियो ।

विश्वव्यापी महामारीको रोकथामका लागि अहिलेसम्म औषधिसमेत पत्ता नलागेकाले विज्ञहरुले पनि सामाजिक दुरिसहित स्वनियममा बस्न जरुरी रहेको बताउंदै आएका छन् ।
अत्यावश्यक काम परेपनि पूर्ण सुरक्षाको प्रवन्धसहित घरबाट निस्किन र सामाजिक दुरी कायम राख्न उपमहानगरले आग्रह गरेको छ । बुटवलमा मानिसको आवागमन धेरै भएको गुनासो आएपछि उपमहानगरका प्रमुख शिवराज सुवेदी आफै अनुगमनमा निस्कनुभएको थियो ।

प्रदेशको अस्थायी मुकाम भएको, प्रदेश सरकारका मन्त्रालय, प्रादेशिक अस्पताल, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर, बैंक तथा वित्तीय संस्थाका विभिन्न तहका कार्यालयदेखि संसदसमेत यहीँ रहेको र दुई प्रमुख राजमार्गसमेत यहीँबाट जाने भएका कारण बुटवलमा तुलनात्मकरुपमा बढी भिडभाड देखिने गरेको छ ।

उपमहानगरले समय तालिका निर्धारण गरेर सुरक्षित तरिकाले मात्रै त्यस्ता पसल सञ्चालन गर्ने ब्यवस्था मिलाए पनि भिडभाड नियन्त्रण हुन सकेको छैन ।

अत्यावश्यक काम परेर हिंडडूल गर्नैपर्ने अवस्थाका मानिसलाई पनि कसरी सुरक्षित राख्ने र उपभोक्ताको जिउधन तथा स्वास्थ्यलाई पनि कसरी सृुरक्षित राख्ने भन्ने उद्देश्यले बुटवलले नियमित अनुगमन गरेको उपमहानगर प्रमुख सुवेदीले बताउनु भयो । उहाँले यहाँका किसानले उत्पादन गरेको तरकारीलाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा उपभोक्ताको घरघरमा विक्री वितरण गर्न पाउनेगरि व्यवस्थासमेत मिलाईएको समेत बताउनु भयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ९ : ५४ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने

आज वातावरण दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे

अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक