१५ चैत्र २०७९, बुधबार | March 29, 2023

बुटवलमा सुरक्षाप्रवन्धसहित दैनिक ज्यालादारीको काम सुचारु



बुटवल । बुटवल उपमहानगरपालिकाले सुरक्षा प्रवन्धसहित दैनिक ज्यालादारीका काम सुचारु गर्ने भएको छ । उपमहानगरले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनौट भएका कामदारहरुलाई सुरक्षाका उपायसहित काममा खटाइएको छ । अहिले बुटवलका तीनवटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । उहाँले उनीहरुलाई वडा तहबाट छनौट भएका काममा खटाइएको र सबैलाई स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो ।
वडा न.२ मा ४१ जना, वडा न. मा ७ जना र वडा नं. १० मा३१ जना गरी जम्मा ७८ जनालाइ दैनिक ज्यालादारीका काममा खटाइएको छ । उपमहानगरले यसअघि पनि वडा नं. १६ मा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाई र केही संरचना निर्माणका लागि त्यसक्षेत्रकै बासिन्दालाई दैनिक ज्यालादारीका कामको व्यवस्था मिलाएको थियो ।

अहिले तीनवटा वडामा सुरु भइरहेको यो कार्यक्रम अरु वडामा पनि छिट्टै सुर गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक अरविन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आवका लागि पनि आवेदन माग गरि सकिएको छ ।

गत आ.वमा बुटवलमा छनौट भएका झण्डै एक हजार जना कामदारमध्येबाटै चालु आवमा वडामा काममा खटाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १० : ४३ बजे

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई

पर्वतका दीर्घरोगी सरकारी राहतबाट बञ्चित

कुश्मा । सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय