२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

यस्तो छ, मई दिवसको इतिहास



बुटवल । मई दिवस, अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस । १३० वर्ष देखि बिश्वका श्रमजिवीहरुले मई दिवस मनाउंदै आएका छन् ।

नेपालमा पनि श्रमिकहरुले झण्डै ६० वर्ष देखि मई दिवस मनाउंदै आएका छन् । हरेक वर्षको मई १ तारिखमा मई दिवस मनाई रहंदा धेरै श्रमिकहरुलाई मई दिवस किन मनाईन्छ ? मई दिवसको महत्व के हो ? यो दिवस कसरी मनाउन सुरु भयो भन्ने बिषय थाहा नहुन सक्छ । धेरै जसो श्रमिकहरुले मई दिवसमा छुट्टी पाईने दिनका रुपमा मात्र बुझ्ने गरेको पाईन्छ ।

आज मईदिवसका बिषयमा मई दिवसका बिषयमा सक्षिप्त चर्चा गर्ने प्रयास गरेका छौं । १९ औं शताब्दि ताका तिब्र औद्योगिकरणमा प्रवेश गरेके युरोपीयन मुलुकहरुमा श्रमिकहरुमाथि अत्याधिक शोषण हुने गरेको थियो ।औद्योगिकीकरणमा युरोपका उद्योगपतीहरुले दैनिक १५ घण्टासम्म श्रमिकहरुलाई न्यून पारिश्रमिकमा काम गराउने गर्दथे । श्रमशोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका बीच त्याहाँका मजदुरहरुले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता,उपयुक्त श्रमज्वाला,उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोस गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरे ।

अमेरीकाको सिकागोमा यही माग सहीतको मजदुरहरुको शान्तिपूर्ण पर्दशनकारीहरुमाथी गोली चलाउंदा थुप्रै प्रदशनकारीको हत्या भयो । ४ में का दिन आक्रोसित पर्दशनकारीद्वारा बमविष्फोट गराउंदा ४ प्रहरीसहीत ७ जनाको मृत्यु भयो । यद्देपी बम श्रमिकहरुले नै पड्काएको बिषयमा अहिले सम्म पुष्टि भएको छैन । राज्यले घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रुपमा ८ जना निर्दोष श्रमिकलाई पक्राउ गरी फाँसी दिइयो ।

आन्दोलन अनवर संचालन गरेका त्यहांका श्रमिकहरुले ३ वर्षपछी त्यहां स्थित फ्रेन्च सोसाईटी पार्टीले मे १ लाई श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिनको रुपमा मनाउने घोषणा गर्यो । त्यहि आन्दोलनको परिणामस्वरूप नेपालमा पनि मई १ लाई श्रमिक दिवसका रुपमा मनाउंदै आएको छ ।

संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा भब्य सहभागीता अनि श्रमसँग समबन्धीत बिषयहरुमा अन्तरक्रिया गर्दै मनाईन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर पनि चर्चा गर्ने गरेका छन् । युरोपबाट सुरु भए ता पनि क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर मई दिवसलाई हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रुपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रीक रुपमा अझ महत्व र उत्कर्षका साथ देख्न जरुरी छ ।
यो वर्ष विगतका वर्षहरुझै हजारौंको संख्यमा भेला भएर मई दिवस बनाउन सकिने अवस्था छैन । कोरोना भाईरसको महामारीका कारण सायद इतिहासमै पहिलोपटक भेला नभई श्रमिकहरुले मई दिवस मनाउने छन् । आजका दिनमा सवैभन्दा बढी कोभिड १९ र जीवनसँग कोही कठीन लडाँई लडिरहेका छन् भने तीे मजदुरहरु नै हुन् । विश्वमा त्यस्ता धेरै श्रमीक छन जो साँझ खान र वस्नको निमित्त मात्रै आफ्नो भरदिन श्रममा खर्चीरहेका हुन्छन । यही चुनौतिपूर्ण परिस्थिति आज नेपालले पनि व्यहोरीरहेको छ ।

 

बिगत ४० दिन देखिको लक डाउनका कारण हजारौं श्रमिकहरु भोकभोकै घर फर्किरहेको अवस्थामा पनि नेपाल गज्रेको छ । काम बन्द भएका कारण बेरोजगार भएर बस्न समेत उनीहरु  बाध्य बनेका छन् ।

अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्रा्ष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : २९ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा