१८ चैत्र २०७९, शनिबार | April 1, 2023

श्रमिकलाई अविलम्ब राहत व्यवस्था गर्न सरकारसँग नेता देउवाको आग्रह



काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गर्नुभएको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पूर्वप्रधानमन्त्री देउवाले यस बेला श्रम गरेर गुजारा गर्ने श्रमिकको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताउँदै तिनलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गर्नुभएको छ ।

नेपालमा विसं २००३ मा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको, प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु सोही मजदूर आन्दोलन भएको र कांँग्रेस र मजदूरहरु सधैंँ एकार्काका अनन्य सहयोगी भएर रहिआएको बताउँदै सभापति देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यस ऐतिहासिक दिनमा उहाँहरु सबैमा शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : ५३ बजे

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

बागलुङ । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो

टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी

दाङ । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो