११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

श्रमिकलाई अविलम्ब राहत व्यवस्था गर्न सरकारसँग नेता देउवाको आग्रह



काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गर्नुभएको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पूर्वप्रधानमन्त्री देउवाले यस बेला श्रम गरेर गुजारा गर्ने श्रमिकको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताउँदै तिनलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गर्नुभएको छ ।

नेपालमा विसं २००३ मा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको, प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु सोही मजदूर आन्दोलन भएको र कांँग्रेस र मजदूरहरु सधैंँ एकार्काका अनन्य सहयोगी भएर रहिआएको बताउँदै सभापति देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यस ऐतिहासिक दिनमा उहाँहरु सबैमा शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : ५३ बजे

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को