२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

श्रमिकलाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउन उपराष्ट्रपति पुनको आग्रह



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी तथा देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न आग्रह गर्नुभएको हो ।

विश्व जगत्ले नै आगामी आफ्ना कार्यक्रम श्रमिक वर्ग केन्द्रित बनाउने र नेपाल सरकारले पनि आगामी बजेट निर्माणमा यसमा उचित ध्यान दिने उपराष्ट्रपतिको विश्वास छ । संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै उहाँले श्रमिकको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यो कठिन अवस्थामा अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कोरोना भाइरसको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका लागि अधिकांश देश लकडाउनमा गएसँगै यसबाट सबैभन्दा बढी श्रमिक वर्ग प्रभावित भएको उल्लेख गर्दै उपराष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका लाखौँ नेपाली श्रमिक दाजुभाइ तथा दिदी–बहिनीहरुको अवस्था कठिन बनिरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा रहेका सयौँ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएकामा चिन्ता व्यक्त गर्दै उहाँले शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । उपराष्ट्रपतिले श्रमिक दिवसले मजदुरलगायत सबै श्रमजीवी वर्गको अधिकार प्राप्ति तथा उत्थानका लागि सबैलाई प्रेरणा दिन सकोस् भनी कामना गर्नुभएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : ५८ बजे

नेपालीमा फैलँदै ग्रेटर नेपाल प्रतिको चेतना

बुटवल । भारतले सांस्कृतिक पहिचान भन्दै हालसालै ग्रेटर भारतको नक्सा

Nepal becomes self-reliant on cornea production, Nepal Eye Bank

KATHMANDU: With the rise in number of eye donors in

कर्णालीको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासन प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर