११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

श्रमिकलाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउन उपराष्ट्रपति पुनको आग्रह



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी तथा देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न आग्रह गर्नुभएको हो ।

विश्व जगत्ले नै आगामी आफ्ना कार्यक्रम श्रमिक वर्ग केन्द्रित बनाउने र नेपाल सरकारले पनि आगामी बजेट निर्माणमा यसमा उचित ध्यान दिने उपराष्ट्रपतिको विश्वास छ । संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भन्दै उहाँले श्रमिकको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यो कठिन अवस्थामा अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कोरोना भाइरसको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका लागि अधिकांश देश लकडाउनमा गएसँगै यसबाट सबैभन्दा बढी श्रमिक वर्ग प्रभावित भएको उल्लेख गर्दै उपराष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका लाखौँ नेपाली श्रमिक दाजुभाइ तथा दिदी–बहिनीहरुको अवस्था कठिन बनिरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा रहेका सयौँ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएकामा चिन्ता व्यक्त गर्दै उहाँले शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । उपराष्ट्रपतिले श्रमिक दिवसले मजदुरलगायत सबै श्रमजीवी वर्गको अधिकार प्राप्ति तथा उत्थानका लागि सबैलाई प्रेरणा दिन सकोस् भनी कामना गर्नुभएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : ५८ बजे

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)