१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

चिनियाँ राजदूत यान्छीद्वारा नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालसँग भेट



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र तिब्र अन्तसंघर्ष चलिरहेको बेला नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेकपाका शीर्ष नेताहरू अलगअलग भेट गर्नुभएको छ ।

राजदूत यान्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गर्नुभएको छ । प्रचण्डलाई भेटेलगत्तै यान्छीले कोटेश्वर पुगेर नेता माधवकुमार नेपाललाई पनि भेट गर्नुभएको छ ।

भेटमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीनले गर्ने सहयोगको विषयमा छलफल भएको बताइएको छ । ‘अध्यक्ष प्रचण्डले कोरोना भाइरसको महामारी रोक्न चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत चीन सरकार र पार्टीबाट सहयोग जारी रहने अपेक्षा लिएको बताउनुभएको छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जानकारी दिनुभयो । जवाफमा राजदूत यान्छीले नेपाललाई आवश्यक पर्ने सहयोग जारी रहने बताउनुभएको थियो ।

नेकपाभित्र तिब्र अन्तसंघर्ष चलिरहेको बेला नेकपा नेताहरुसँग चिनिया राजदूतको भेटलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड एवं नेता नेपालको असमझदारी बढिरहेको छ । ओलीले पार्टी र सरकारमा एकलौटी काम गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीको राजीनामा नै मागिरहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाको उच्चस्तरको सम्बन्ध रहेको छ । राजदूत यान्छी र नेकपा नेताहरुबीच भएको भेटवार्तामा पार्टी भित्रको विवाद र समाधानका उपायबारे समेत छलफल भएको अनुमान लगाउन सकिन्छ ।

नेकपा विदेश मामिला विभाग प्रमुख नेता नेपाल र राजदूत यान्छीबीच दुई देशबीचको सम्बन्धका विविध आयाममा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ ।

गत सोमबार चिनियाँ राष्ट्रपति सी चिङफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोनमा कुराकानी गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : १४ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले