९ चैत्र २०८२, सोमबार | March 23, 2026

काठमाडौं भित्रिने प्रमुख नाका नागढुङ्गामा डिस्इन्फेक्सन टनेल सञ्चालन



काठमाडौं । राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ ।

काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातको पहलमा तयार भएको उक्त टनेल शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । काठमाडौँ भित्रने सवारी साधनलाई कोरोना भाइरसको जोखिम हुन नदिइ प्रवेश गराउने लक्ष्यका साथ सरकारको स्वीकृतिमा सो यातायातले टनेल निर्माण गरेको हो ।

लकडाउनको समयमा खाद्य पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसङ्क्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सो यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको २४ घण्टामा नै आफूहरुले टनेल निर्माण गरेको, ठूला सवारी साधन एक मिनेटमा र साना सवारी साधन ३० सेकेण्डमा नै निःसङ्क्रमण गर्न सकिने उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको क्लोरिनजस्तै झोल राख्नका लागि सोही कम्पनीले नै दुई हजार लिटर क्षमताका दुई र एक हजार लिटर क्षमताका दुई गरी कूल छ हजार लिटर क्षमताका ट्याङ्की राखिएको छ । हरेक दिन पानी र क्लोरिन झोल मिलाएर सवारी साधनलाई निःसङ्क्रमण गरिने छ । क्लोरिनका लागि मात्रै दैनिक रु एक हजार २०० खर्च हुनेछ ।

“हामीले स्वीमिङ पुलको पानी शुद्ध बनाउन प्रयोग हुने औषधि प्रयोग गरेका छौँ, जुन क्लोरिनजस्तै हो । मानव स्वास्थ्यका लागि त्यसले कुनै हानी गर्दैन”, अध्यक्ष थापाले भन्नुभयो । सो यातायातले रु चार लाखको लगानीमा उक्त टनेल निर्माण गरेको हो । टनेल निर्माणका लागि १७ मजदुर खटिएको जानकारी दिँदै उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर काम गरेको बताउनुभयो ।

एक लिटर क्लोरिन झोलसहितको पानीले ठूला सवारी साधन र सानाका लागि भने असाध्यै कम परिमाणमा समेत निःसङ्क्रमण गराउन सकिने उहाँको भनाइ छ । अध्यक्ष थापाका अनुसार कूल २० फिट लम्बाइ र १६ फिट उचाइको टनेल निर्माण गरिएको हो । तीन इन्चका पाइपले चारैतिरबाट क्लोरिन झोल फाल्ने भएकाले राजधानी भित्रने सबै सवारी साधन निःसङ्क्रमण हुने छ ।

सवारी साधनलाई निःसङ्क्रमण गराएर मात्रै राजधानी प्रवेश हुन दिँदा त्यसले राजधानीवासीलाई थप सुरक्षित बनाउनेछ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने लक्ष्यका साथ नगरपालिकाको संयोजनमा डिस्इन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नाकामा सुरक्षाका लागि बस्ने नेपाल प्रहरीले टनेलको व्यवस्थापन एवं सञ्चालन गर्नेछ । आवश्यक पानी उपत्यका खानेपानी व्यवसायी सङ्घले दैनिक एक ट्याङ्कर उपलब्ध गराउनेछ । टनेल सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाको २ नं वडाले विद्युत् सेवा उपलब्ध गराएको छ ।

सवारी साधनलाई मात्रै निःसङ्क्रमण गराउँदा पनि ठूलो राहत महसुस हुने भए पनि काठमाडौँ छिर्ने यात्रुलाई भने स्वास्थ्य परीक्षण गरेर आउने वातावरण मिलाइएको छ । नेपाल चिकित्सक सङ्घ र नेपाल रेडक्रस काठमाडौ जिल्ला शाखाले स्वास्थ्य परीक्षणको लागि आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरिरहेका जनाइएको छ । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र सुरक्षाकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : ४३ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा