१२ बैशाख २०८१, बुधबार | April 24, 2024

विभाजनको चक्रमा फस्ने या सम्हालिँदै जोगिने ? नेकपा सचिवालय बैठकको प्रतिक्षा



काठमाडौं । पार्टीभित्रको आन्तरिक शक्ति संघर्षले थला परेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ ।

पार्टीभित्र देखा परेको शिर्ष नेताहरुबीचको शक्तिसंघर्षलाई सचिवालय बैठकले कसरी अवतरण गर्ला या पार्टी विनासको बाटो कोर्ला भन्ने चासो बढिरहेको छ । नेकपाको आज बस्दै गरेको सचिवालय बैठकलाई नेकपाका नेता, कार्यकर्ताहरु लगायत सबै पक्षले व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् । आज बस्ने बैठकले गर्ने निर्णय महत्वपूर्ण हुनेछ ।

गत बैशाख १७ साँझ बसेको सचिवालय बैठक विना निस्कर्ष स्थगित भएपछि नेकपाभित्रको समस्या झन बल्झिएको प्रष्ट भएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध मोर्चाबन्दी गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल वामदेव गौतमहरुले ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । प्रधानमन्त्री ओलीले भने आफुले कुनै पदबाट राजीनामा नदिने तर नमिलेका विषय मिलाउन तयार रहेको बताउँदै आउनुभएको छ ।

प्रधानमन्त्रीको कार्यशैलीले पार्टी कमजोर बनेको अन्य नेताहरुको आरोप रहेको छ । यद्यपी, यतिबेलाको विवाद राजनीतिक दर्शन, विचार र सिद्धान्तमा भन्दा पनि आ–आफ्नो व्यक्तिगत अहंकार र गुट स्वार्थ पुरा नभएका कारण बढी नै पेचिलो बनेको छ । १७ गतेको बैठकमा प्रधानमन्त्री ओलीले ‘कोरोना भाइरसको प्रभाव सकिएपछि’ वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सकिने नयाँ प्रस्ताव गरेपछि बैठक अलमलिँदै सकिएको थियो ।

यद्यपी, प्रधानमन्त्री विरोधी मोर्चावन्दीले वामदेव कार्ड आफुहरुलाई तितरवितर पार्न गरिएको प्रस्ताव भएको ठहर गरेको छ । पार्टीभित्रको समस्या मिलाउन भन्दै तीन दिन बैठक स्थगित गरिए पनि यो बीचमा गुट भेलाहरु मात्र बसेका छन् । एकीकृत पार्टीलाई जोगाउनुपर्छ भन्ने आवाज उठाउँदै आएका नेताहरुको आवाज त्यतिधेरै सुनिएको देखिएको छैन । यद्यपी, पार्टीलाई दुर्घटनाबाट जोगाउनुपर्छ भन्ने नेताहरु भने अझै पनि सक्रिय देखिएका छ्न ।

नौ सदस्यीय सचिवालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय अल्पमतमा पर्दै आउनुभएको छ । आज बस्ने बैठक सहमतिमा नगै गणितीय समिकरणतिर गयो भने नेकपाको समस्या झन बढ्ने आंकलन गर्न सकिन्छ । नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले पार्टी र सरकारको समीक्षा गर्नुपर्ने भन्दै बैठकको लिखित माग गरेका छन् । विधानअनुसार नेकपाले लिखित माग भएको १५ दिनभित्र अनिवार्य रुपमा स्थायी कमिटी बैठक बोलाउनुपर्ने बाध्यता रहेको छ । स्थायी कमिटी बैठकमा समेत अल्पमतमा देखिनुभएका प्रधानमन्त्री ओलीले बैठक सकेसम्म छल्न खोजिरहनुभएको छ । स्थायी कमिटी बैठकबाट आफुलाई राजीनामा दिन बाध्य बनाउने आँकलन ओलीको रहेको छ ।

एकातिर प्रधानमन्त्री ओली निकट नेताहरुको यौटा गुटले ओलीलाई सहमतिमा भन्दा पेलेरै अघि बढ्न दबाब दिइरहेको छ । अर्कोतिर, अध्यक्ष प्रचण्ड र नेता नेपाल निकट गुटले पनि ओलीलाई सकेसम्म भित्तैमा पुर्याउने समय यही हो भन्दै नेताहरुलाई उचालिरहेका छन् । संकटको घडीमा पार्टी एकीकृत बनाउने कसरी भन्ने समझदारीको विषय भने कुनै नेताले प्रष्ट पारेका छैनन् ।

आजको सचिवालय बैठकले सबै समस्यालाई एकएक गरी निदान गर्ने हो या पार्टी विभाजनको गोरेटो कोर्ने हो भन्नेमा आम कार्यकर्ताहरुले चासो र चिन्तापूर्वक हेरिरहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ४७ बजे

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै