१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौ । अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रही पश्चिमी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आज राती देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भू-भागका केही स्थानहरुमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : २५ बजे

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा