१२ बैशाख २०८१, बुधबार | April 24, 2024

नेपालगन्जको संकेत : कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश



काठमाडौं । नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिए । एक जना व्यक्तिबाट सुरु भएको कोरोना संक्रमण उनको सम्पकमा आएका १५ जनामा समेत देखियो । पहिलो संक्रमितको सम्पर्कमा रहेका कम्तिमा ९० जना व्यक्तिको परीक्षण भैरहेको छ ।

नेपालगन्जको अवस्थाले नेपाललाई एकपटक सोच्न बाध्य बनाएको छ, के नेपाल अब कोरोना संक्रमणको तेस्रो चरणमा प्रवेश गरेको हो ?
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस (कोभिड-१९) संक्रमणका चार वटा चरण हुन्छन् । संक्रमणको अवस्थालाई हेरेर त्यसअनुसार तयारी गर्न विश्व स्वास्थ्य संगठनले सबै मुलुकलाई धेरै पहिला सचेत गराएको थियो ।

संक्रमणका चरण

पहिलो, नो केस अर्थात यस चरणमा देश वा क्षेत्रमा कुनै पनि केस पुष्टि नभएको अवस्थालाई जनाउँछ ।

दोस्रो, स्पोराडिक केस अर्थात यस चरणमा छिटपुट घटनजा देखिने । यस चरणमा संक्रमित देशबाट फर्किएका व्यक्तिहस्मा एक वा एक भन्दा बढी देखिनु । जस्तो अहिलेसम्म नेपालमा देखिएको अवस्था ।

तेस्रो, क्लस्टर केस अर्थात समुहगत संक्रमणको घटना देखिनु । एकै भूगोलमा एकै प्रकारले एक साथ कोरोना संक्रमण देखियो भने यसलाई डब्लुएचओले क्लस्टर केस मानेको छ ।

चौंथो, कम्युनिटी ट्रान्समिसन केस । यो चरण महामारीको चरण हो । यस चरणमा संक्रमितको संख्या स्थानीय रुपमा फैलिँदै जान्छ । विभिन्न क्षेत्रमा गुणाका हिसाबले फैलिँदै जान्छ ।

नेपाल कुन चरणमा ?
अब प्रश्न उठ्छ, नेपाल कुन चरणमा छ ? नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि नेपाल कोरोना संक्रमणको तेस्रो चरणतर्फ उन्मुख भएको देखिएको छ । नेपाल सरकार या विश्व स्वास्थ्य संगठनबाट कुनै आधिकारिक धारण आएको छैन, तर बाहिरी व्यक्तिबाट आएका व्यत्तिमार्फत स्थानीय स्तरमा व्यापक रुपमा संक्रमण फैलिएको छ । समुहगत रुपमा घटना देखिएको छ । यस्तै अनुमान कैलालीमा गरिएको थियो । विदेशबाट आएका व्यक्तिको परिवारका एक जनामा संक्रमण देखिएपछि तेस्रो चरणमा प्रवेशको अनुमान गरिएको थियो । तर, कैलालीमा अन्य व्यक्तिहरुमा आजसम्म फैलिएको देखिएको छैन ।

अर्को उदाहरण उदयपुर र वीरगन्जको पनि लिन सकिन्छ । उदयपुरमा भारतबाट आएका जमातीहरुमा संक्रमण देखियो । वीरगन्जमा पनि भारबाट आएका मुस्लिम समुदायका चार जना व्यक्तिहरुलाई कोरोना संक्रमण देखियो । उनीहरुबाट थप मानिसलाई संक्रमण बढेको पुष्टि भैसकेको छैन ।

तर, नेपालगन्जको घटनाले भने खतराको घण्टी बजाएको छ । भारतबाट आएका एक व्यक्तिलाई कोरोना संक्रमण भयो । उनको सम्पर्कमा आएका १५ जनालाई कोरोना संक्रमण फैलिइसकेको छ । अझै कैयौं व्यक्तिको परीक्षण भएको छ । अर्थात, विदेशबाट आएका व्यक्तिमार्फत एक व्यक्तिमा मात्र होइन कैयौं व्यक्तिमा कोरोना संक्रमण फैलिएको छ ।

यो घटनाले कोरोनाको संक्रमण तेस्रो चरण अर्थात क्लस्टर चरणमा पुगेको बुझ्न सकिन्छ । विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत्र २२ गते नेपाल संक्रमण दोस्रो चरण अर्थात स्थानीयमा प्रवेश गरेको घोषणा गरेको थियो । विदेशबाट आएका कैलालीका युवाकी भाउजूमा पोजिटिभ देखिएसँगै सरकारले संक्रमण दोस्रो चरणमा पुगेको घोषणा गरेको थियो ।

तेस्रो चरणमा प्रवेश गरेको या नगरेको सरकार र डब्लुएचओले आधिकारिक रुपमा बताउलान । तर, संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा नाक तथा मुखबाट निस्किने छिटाको माध्यमबाट नेपालगन्जमा समुदायस्तरमा कोभिड–१९ का किटाणु पुगेको भन्न सकिन्छ । नेपालगन्जमा अझै धेरैको परीक्षण हुन त बाँकी रहेको छ ।

परीक्षण, परीक्षण र परीक्षण

कोरोना संक्रमणबाट वच्ने भनेको विश्व स्वास्थ्य संगठनले भने जस्तै परीक्षण, परीक्षण र परीक्षण नै हो । यसकासाथै सबै व्यक्तिले अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न आवश्यक छ । तर, नेपालमा परीक्षणको दायरा अझै पनि कम रहेको छ ।

५ नं. प्रदेशको भैरहवामा रहेको पीसीआर मेसिन आवश्यक किटको अभावमा बन्द भएको समाचार आएको छ । यसबाट थाहा हुन्छ, हाम्रो परीक्षणको स्तर कहाँसम्म छ ?

त्यसो त, मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्जमा आवश्यक स्वास्थ्य सामाग्री पठाइएको बताउनुभएको छ । तर, पोखरेलले सोमबारमात्रै नेपालगन्जमा मस्जिदमा सामुहिक नमाज नपढ्न, घरघरमा ट्युसन नपढाउन आग्रह पनि गर्नुभएको । यसबाट अर्थ लगाउन सकिन्छ, जनतामा अझै पनि कोरोना भाइरसको संक्रमणप्रति सचेतना छैन । आतंक पालेर बस्ने तर सचेत नबन्ने प्रवृतिले नेपालगन्ज घटनामा वृद्धि गर्न सक्छ ।

त्यसकारण, सचेत बनौं, गम्भीर बनौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्, ‘ज्यान रहे जहान रहन्छ’ । अवश्य पनि ज्यान रहे न धर्म कर्म संस्कार सबथोक गर्न सकिन्छ । सामाजिक दुरी कायम राखौं, लकडाउनलाई पूर्ण पालना गरौं, घरमै बसौं । कोरोना संक्रमणबाट आफु बचौं र अरुलाई पनि बचाउँ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ०६ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको