१८ श्रावण २०८३, सोमबार | August 3, 2026

परीक्षणको दायरा बढाउ : नेपाली कांग्रेस



बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बाँकेको नेपालगञ्जमा परीक्षणको दायरा बढाउन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर बाँकेमा कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग गर्नुभएको खाणको सचिवालयले जनाएको छ ।
उहांले नेपालगञ्जमा एकै दिनमा १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएपछि स्वास्थ्य मन्त्रीसंग टेलिफोन सम्पर्क गरी उक्त स्थानमा तत्कालै परीक्षणको दायरा बढाउन माग गर्नुभयो ।
कांग्रेस संसदीय दलले दिएको जानकारी अनुसार प्रमुख सचेतक खाणले बाँके क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने र आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ठ व्यवस्थाका साथै विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिए ।
खाँणले संक्रमित व्यक्तिहरू अरू थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भन्दै त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिहरूको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप संक्रमण फैलन नदिन सावधानी अपनाउनु पर्ने बताउनु भयो ।
रूपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहिमाई गाउँपालिका १ मा भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको भन्दै खाणले ती युवकको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिन स्वास्थ्य मन्त्री ढकालसँग आग्रह गर्नुभयो ।
जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री अभाव भएका स्थानहरूमा यथाशीघ्र पठाइने जवाफ दिनुभएको कांग्रेस संसदीय दलले जनाएको छ । कांग्रेसले यस अघि पनि आवश्यक चिकित्सकिय सामाग्रीको व्यवस्था गरी परिक्षणको दायरा बढाउन सरकारसँग माग गर्दै आएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ३ : २६ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल