५ पुस २०८२, शनिबार | December 20, 2025

परीक्षणको दायरा बढाउ : नेपाली कांग्रेस



बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बाँकेको नेपालगञ्जमा परीक्षणको दायरा बढाउन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर बाँकेमा कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग गर्नुभएको खाणको सचिवालयले जनाएको छ ।
उहांले नेपालगञ्जमा एकै दिनमा १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएपछि स्वास्थ्य मन्त्रीसंग टेलिफोन सम्पर्क गरी उक्त स्थानमा तत्कालै परीक्षणको दायरा बढाउन माग गर्नुभयो ।
कांग्रेस संसदीय दलले दिएको जानकारी अनुसार प्रमुख सचेतक खाणले बाँके क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने र आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ठ व्यवस्थाका साथै विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिए ।
खाँणले संक्रमित व्यक्तिहरू अरू थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भन्दै त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिहरूको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप संक्रमण फैलन नदिन सावधानी अपनाउनु पर्ने बताउनु भयो ।
रूपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहिमाई गाउँपालिका १ मा भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको भन्दै खाणले ती युवकको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिन स्वास्थ्य मन्त्री ढकालसँग आग्रह गर्नुभयो ।
जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री अभाव भएका स्थानहरूमा यथाशीघ्र पठाइने जवाफ दिनुभएको कांग्रेस संसदीय दलले जनाएको छ । कांग्रेसले यस अघि पनि आवश्यक चिकित्सकिय सामाग्रीको व्यवस्था गरी परिक्षणको दायरा बढाउन सरकारसँग माग गर्दै आएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ३ : २६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य