५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मंगलबारदेखि ३ दिनसम्म नेपालगन्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा



काठमाडौं । मंगलबारदेखि तीन दिनसम्म बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिने भएको छ।

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दर न्यूनिकरण गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन सम्बन्धी सर्वदलीय/सर्वपक्षीय बैठकले निषेधित क्षेत्रको घोषणा गरेको हो ।

बैठकले कोरोना भाइरस संक्रमितको कन्ट्रयाक्टट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन नगर क्षेत्र निषेधित घोषणा गर्ने निर्णय गरेको छ। मंलबार बिहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म नगर क्षेत्र निषेधित गर्न सिफारिस गरेको हो।

त्यस अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मी बाहेक अरु कोही पनि घरबाहिर निस्कन नपाउने निर्णय बैठकले गरेको छ।

लकडाउनलाई नागरिकले अटेर गरेपछि निषेधाज्ञा जारी गर्नु परेको बांकेका प्रहरी प्रमुख बिर बहादुर ओलीले बताउनु भयो । कर्फुकै प्रकृतिको आदेश भएकाले अटेर गरे प्रहरीले निषेधाज्ञा पालना गराउन हदैसम्मको बल प्रयोग गर्ने जानकारी दिनु भयो ।

बैठकले कोरोना संक्रमणबारे गलत सूचना फैलाउनेहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको छ । यस्तै, नेपालगञ्ज मेडिकल कलेज नजिक रहेको सब्जिमण्डी अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।

नेपालगन्जमा आइतबार एकै दिन १६ जनामा कोरोना संक्रमण देखिएको थियो । यसअघि कोरोना संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब परीषण गर्दा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

 

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ५२ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले