९ चैत्र २०८२, सोमबार | March 23, 2026

अनेसास पोर्चुगलको अध्यक्षमा स्पन्दन बिनोद



काठमाण्डौ । अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयां नेतृत्व चयन भएको छ ।

राजधानी लिस्बनमा सम्पन्न भएको समाजको नवौं अधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनले साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा बद्रिबाबु पोखरेल चयन भएका छन् भने दुई उपाध्यक्षमा सवी श्रेष्ठ र विशेष आत्रेय निर्वाचित भएका छन् । समाजको महासचिवमा अर्जुन बाराहाली निर्वाचित भएका छन् भने सचिवमा शम्भु सिलवाल चयन भएका छन् । कोषाध्यक्षमा बिजय गुरुङ र सह–कोषाध्यक्षमा बिद्या आचार्य निर्बाचित भएका छन् ।

यस्तै सदस्यहरुमा यादव देवकोटा, अरुन भेटवाल, सागर शाह, नविन पाण्डे, शान्ति अर्याल, रमेश भट्टराई, रितु पाख्रीन तामाङ, दिव्यकान्त उप्रेती, सोम अनुराग बस्नेत, स्मिता सत्याल र किरण लिम्बु चयन भएका छन्।

समाजले पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकर बहादुर हमाललाई समाजको संरक्षकमा चयन गरेको छ । यस्तै समाजको सल्लाहकारमा अनेसासका केन्द्रीय उपाध्यक्ष सुनिल संगम, एनआरएनए आईसिसी सदस्य नारायण काजी मगर अर्का आईसिसी सदस्य रविन अधिकारी, एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे र समाजका निवर्तमान अध्यक्ष वाई.वी. गुरुङलाई चयन गरेको समाजले जनाएको छ ।

बिगत लामो समयदेखि साहित्यीक क्षेत्रमा क्रियाशील स्पन्दन समाजको सचिव, महासचिव हुदैं हाल अध्यक्षमा निर्वाचित भएका हन् ।

नवनिर्वाचित अध्यक्ष स्पन्दनले गत बर्ष युरोपको अन्तिम बिन्दु पोर्चुगलको काबो दा रोकाबाट एकैपटक दुई वटा गजल संग्रह “भिजाएर गयौं” र “अविरल स्पन्दन” बिमोचन गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ११ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता