१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेपालगन्जमा थपिए ७ जना संक्रमित, देशभर पुग्यो ८२ जना



नेपालगन्ज । बाँकेको नेपालगञ्जमा सांझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्जको कुल संक्रमितको संख्या २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिज्ञप्तीका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण देखिएको हो ।
शुक्रबार मात्र १ जना संक्रमितले खाता खोलेको नेपालगन्जमा आइतबार मध्यान्ह ९ जना र आईतबार नै सांझ ६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । आज बिहान मन्त्रालयले ७ जना थप संक्रमण पुष्टी गरेपछि नेपालगन्जको संख्या २३ पुगेको हो । शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमितहरुमा ३०, २२ र ४० वर्षका पुरुष तथा ९,३२, ३४ र ५५ बर्षिया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित देशभर संक्रमितको संख्या ८२ पुगेको छ।
देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन्।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : १४ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल