५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोनाले लग्यो समाजसेवी कोन्मे गुरुङलाई, बेलायतमा अर्का नेपालीको मृत्यु



लण्डन । बेलायतमा कोरोना भाइरसबाट अर्का एक नेपाली नागरिकको मृत्यु भएको छ ।

सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको हो । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो ।

केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिनुभयो ।

पर्वत चारभञ्याङमा जन्मनुभएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती हुनुभएको थियो । पछि बीचैमा जागिर छाडेर नेपाल फर्कनुभएको थियो । उहाँले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गर्नुभएको थियो ।

बेलायतमा असल समाजसेवीका रूपमा चिनिनुभएका गुरुङले थुप्रै सामाजिक काम गर्नुभएको थियो । उहाँकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्नुहुन्छ । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आइरहनुभएको थियो । हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको