२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

ओली, प्रचण्ड र नेपालबीच छलफल, सहमति भाँडिन लाग्यो भन्दै प्रवक्ता श्रेष्ठबाट चिन्ता व्यक्त



काठमाडौं । पार्टीको सचिवालय बैठक हुनु एक दिन अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन शिर्ष नेताहरुबीच छलपल भएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार बिहान वालुवाटारमा भेटवार्ता भएको हो ।

अध्यक्ष ओलीसँग छलफल गर्न प्रचण्ड र नेपाल प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । आगामी बैशाख २५ बस्ने स्थायी समिति बैठकमा पेश गर्ने एजेण्डाका बारेमा तीन नेताबीच छलफल भएको बुझिएको छ । स्थायी कमिटी बैठकको एजेण्डाबारे भोलि बुधबार पार्टी सचिवालय बैठक बस्दैछ ।

गत शनिबार बसेको सचिवालय बैठकमा विगतका कमिकमजोरीबारे प्रधानमन्त्री ओलीसहितका नेताहरुले आत्मालोचना गरेका थिए । तर पनि नेकपाका नेताहरुबीच अनसन्तुष्टि अझै कायमै रहेको छ । सोमबार मात्र माधव नेपालको घरमा नेपाल पक्षीय नेताहरुको बैठक बसेको थियो । सो बैठकमा पूर्व माओवादी पक्षका नेताहरु पनि सहभागी भएका थिए । यस्तै, बालुवाटारमा ओली समुहको बैठक बसेको थियो । दुवै समूहका बैठकले स्थायी कमिटी बैठकमा आ–आफ्नो पोजिशन कसरी बलियो बनाउने भन्ने बारेमा केन्द्रित भएको थियो ।

यसैबीच, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार साँझ र मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत पार्टीभित्र फेरि पार्टी एकता विरोधी र सचिवालय बैठकको मर्म विपरित गतिविधि हुन थालेको भन्दै सचेत गराउनुभएको छ ।

प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ, ‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरी हरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछी हिजो देखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछरुसचेत होऔं।२०गतेको सचिवालय वैठकको निश्कर्ष लागू गरौं।अन्यथा नगरौं।’

यस्तै, सोमबार साँझ प्रवक्त श्रेष्ठले ट्वीट गर्नुभएको थियो, अस्तिको सचिवालयको निश्कर्षबाट बिचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ।अ त : अन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन। ‘पार्टी एकताको रक्षा,बिधिपद्दतिको पालना,पार्टीद्वारा सरकार सञ्चालन,सरकारबाट समाजवादउन्मुख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प’ यो हो निश्कर्ष।

स्थायी कमिटी बैठकका लागि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले संयुक्त रुपमा तयार पार्ने भनेर सोमबार अध्यक्ष ओलीसँग सहमति भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : २३ बजे

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर