९ चैत्र २०८२, सोमबार | March 23, 2026

सुगन्धित जडिबुटी खेतीमा किसान



नेपालगन्ज । सुगन्धित जडिबुटी फूलको व्यावसायिक तेल उत्पादनले यहाँका किसानको जीवनस्तर उकास्न सहयोग पुगेको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं १ सूर्यपटुवा क्षेत्रका किसान क्यामोमाइल जातको जडिबुटीबाट सुगन्धित तेल उत्पादनमा लागेका छन् ।

पश्चिम तराई भूपरिधि विकास आयोजनाको सहयोगमा क्यामोमाइल तेल उत्पादनमा किसान आकर्षित भएको शिव बचत तथा सहकारी संंस्थाका सदस्य तथा प्राविधिक रामबहादुर थापाले जानकारी दिनुभयो ।

क्यामोमाइलबाट सुगन्धित धुप र तेल उत्पादन हुन्छ । उहाँका अनुसार चार महिनामा तयार हुने सो खेती यस वर्ष करीब ४५ बिघा क्षेत्रफलमा लगाइएको छ ।

गत वर्ष सात बिघामा लगाइएको सो जडिबुटीबाट किसानले करीब रु २५ लाख बराबरको तेल सहकारी संस्थालाई बिक्री गरेका थिए । क्यामोमाइलको प्रशोधन गर्ने हाल तीन यन्त्र छन् । अरु दुई थप गर्ने योजना रहेको सहकारीका प्राविधिक थापाले बताउनुभयो ।

सहकारीले किसानबाट उत्पादन खरीद गरी नेपालगञ्जमा बिक्री गर्ने गरेका छन् । यसको प्रतिलिटर मूल्य रु। ४८ हजार छ । क्यामोमाइलबाट औषधि, स्याम्पु, अत्तर जस्ता सुगन्धित वस्तु उत्पादन हुन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ३७ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता