२ पुस २०८२, बुधबार | December 18, 2025

कोरोना नियन्त्रणका लागि नेपाल सरकारले उच्चसतर्कता अपनाएको छ : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित प्रतिनिधिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालरी जुलियाण्ड र डब्ल्यूएचओका प्रनितिधि डा. जोस भ्यालेण्डरले कोरोना भाइरस नियन्त्रणका लागि नेपालले चालेका कदम र पछिल्लो अवस्थाका विषयमा जानकारी लिनुभएको छ ।

सरकारद्वारा गठित कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समन्वय समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले नेपालको अवस्था र चाल्नुपर्ने आगामी कदमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले कोरोना नियन्त्रणका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएको र यसको उचित व्यवस्थापनका लागि आवश्यक सबै प्रवन्ध मिलाएको जानकारी गराउनुभएको रक्षा मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले बताउनुभयो ।

भेटमा राष्ट्र संघ र डब्ल्यूएचओका प्रतिनिधिले सिमित स्रोत साधनकाबीच कोरोना नियन्त्रणमा नेपालले गरेको प्रयास, क्वारेन्टाइनमा रहेकाहरुको अवस्था र लक डाउनका कारण अत्यावश्यक सामानको उपलब्धताको विषयमा पनि जानकारी लिनुभएको उपसचिव आचार्यले बताउनुभयो ।

भेटमा उनीहरुले कोरोना नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने बचन पनि दिएका छन् । नेपालमा अब लकडाउनको अवस्था के हुने ? लकडाउन कम गर्दै जाँदा त्यसले पर्ने प्रभाव के हुन्छ ? भन्ने विषयमा पनि उनीहरुले विज्ञासा राखेका थिए । राष्ट्र संघ र डब्ल्यूएचओका प्रतिनिधिले क्वारेन्टाइनम रहेका महिला र बालबालिकालाई व्यवस्थित तरिकाले राख्ने र सकेसम्म होम क्वारेन्टाइनमै राख्न सकिने अवस्थाका विषयमा पनि नेपाल सरकारलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : ५२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल