२० माघ २०८२, मंगलबार | February 3, 2026

बैंकहरुले अर्थतन्त्रमा असमानता सिर्जना गरे : पूर्वप्रधानमन्त्री डा. भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैंक तथा वित्तीय संस्थाहरुले अर्थतन्त्रमा असमानता वृद्धि गरेको भन्दै त्यसमा सुधार गर्न राष्ट्र बैंकलाई सुझाव दिनुभएको छ ।

संघीय संसदको अर्थसमितिले मंगलबार देशको वित्तीय व्यवस्थापनको स्थिति र आगामी मौद्रिक नीति सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग गरेको छलफमा भाग लिदै पूर्व प्रधानमन्त्री भट्टराईले बैंकहरुले अर्थतन्त्रमा असमानता सिर्जना गरेको बताउनुभएको हो ।

भट्टराईले बैंकहरुले निक्षेप गाउँदेखि सहर सम्म उठाउने र कर्जा सहरी क्षेत्र र सम्पन्न क्षेत्रमा मात्र प्रवाह गर्ने प्रवृतिले अर्थतन्त्रमा असमानता वृद्धि गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘धेरै पहिले पहिलेदेखि यो निक्षेप र कर्जा प्रवाहको प्रवृति के छ भनेर हेर्दाखेरी के देखिन्छ भने साना ठाउँबाट, गाउँबाट, दुरदराजका ठाउँबाट निक्षेप आएको छ तर कर्जा प्रवाह चाहिं सहरी क्षेत्र र सम्पन्न क्षेत्रमा बढी भइराखेको छ । त्यसैले समग्रमा वित्तीय र बैंकिङ क्षेत्रले चाहिं देशको एउटा असमान प्रकारको विकासमा क्षेत्रगत हिसाबले पनि र भौगोलिक हिसाबले पनि र वर्गिय हिसाबले पनि असमानता वृद्धि गर्न तिर नै हाम्रो बैंकिङ र वित्तीय क्षेत्र उद्दत छ । त्यसलाई ध्यानमा राखेर हामीले अर्थतन्त्रको सुधार गर्नुपर्छ बैंकिङ क्षेत्रको भन्ने मलाई लाग्छ ।’

भट्टराईले कोरोना भाइरस (कोभिड–१९)बाट सिर्जना भएको अवस्थामा मात्र केन्द्रीत हुँदा उत्पादनमा सहयोग नपुग्ने बताउनुभयो । बैंकबाट कर्जा लिंदा कार किन्न र घर बनाउन सस्तो र सुलभ ढंगले सहजै पाउने तर कृषि तथा उत्पादन क्षेत्रमा कर्जा न्यून प्रवाह हुने र पाउन पनि कठिन हुने अवस्थाको अन्त्य हुनेगरी नीतिगत व्यवस्था गर्न भट्टराईले सुझाव दिनुभयो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : ११ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली