८ बैशाख २०८१, शनिबार | April 20, 2024

विदेशमा नेपालीले ठूलो संख्यामा रोजगारी गुमाउँदैछन् : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ ।

वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १० देखि ३० प्रतिशतले रोजगारी गुमाउन सक्ने र त्यसबाट उत्पन्न हुने चुनौतिलाई व्यवस्थापन गर्न सरकारले योजना बनाइराखेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

संघीय संसदकाृ उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)को कारण देश भित्रै उत्पन्न हुने बेरोजगारी र बाहिरबाट फर्कनेहरुको व्यवस्थापन चुनौतिपूर्ण भएपनि सरकारले योजनाबद्ध रुपमा काम गर्ने तयारी गरिराखेको बताउनुभयो ।

ज्ञवालीले भन्नुभयो ‘कोभिड १९ का असरहरु श्रम बजारमा कति गहिरो पर्ने हो भन्ने कुराको यकिन भन्न सकिदैन् । तर हामी १० देखि ३० प्रतिशतको स्थितिमा हामीले वैदेशिक श्रम बजार गुमाउँछौं । त्यसको एकैचोटी दुई खालको असर पर्छ ।

एउटा त्यहाँ गएकाहरुले ठूलो संख्यामा रोजगारी गुमाएर आउनुहुन्छ दोस्रो यहाँ प्रति वर्ष तयार हुने झण्डै पाँच लाखको हिसाबले नेपाली श्रम बजारमा आउने युवाशक्ति जसमध्ये साढे ३ लाख ४ लाखको निम्ति सहज गन्तब्य बनेको थियो त्यो पनि साघुरिन्छ । देशभित्र नै बेरोजगारी कायम रहन्छ बाहिरबाट फर्किनेको संख्या झन बढ्छ र यो बेरोजगारीको व्यवस्थापन हाम्रो निम्ति आउँदो दिनहरुमा असाध्यै ठूलो चुनौतिको रुपमा रहने कुरा सरकारले गम्भिरतापूर्वक लिएको छ । त्यसका निम्ति विभिन्न खालका योजनाहरुको तयार पनि गरिराखेका छौं ।’

कोभिड-१९ बाट सिर्जना भएको समस्याका लागि विदेशमा रहेका नेपाली दुतावासहरु नियमित जानकारी लिने र सम्बन्धित सरकारसँग पनि पहल भइराखेको मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले खाडी देशहरुमा बढ्दै गएको कोरोना संक्रमणबाट नेपालीहरुलाई समस्या परेको सम्बन्धमा दुतावासमा निरन्तर सम्पर्क गरी समस्याको समाधान गर्ने र आर्थिक समस्यामा पर्नेहरुका लागि राहतको व्यवस्था गर्ने काम भइराखेको बताउनुभयो । यस्तै सबै मुलुकमा प्रधानमन्त्री स्तरबाट र मन्त्रालय स्तरबाट समेत पनि छलफल र उद्दारका लागि पहल भइराखेको उहाँले बताउनुभयो ।

विदेशमा रहेका संक्रमित नेपालीहरुको निःशुल्क उपचार भइराखेको तर देशभर संक्रमण धेरै भएपछि सामान्य अवस्थामा रहेकालाई अस्पतालले घरमै बसेर आराम गर्न आग्रह गर्दा नेपालीहरुमा मनोवैज्ञानिक अप्ठेरो परेको बताउनुभयो । उहाँले कोरोना भाइरसको कारण लकडाउन हुने र हवाई उडान बन्द हुँदा विदेशमा रहेका नेपालीहरुको भिजा अवधि सकिने, श्रमिकहरुको करार अवधि सकिने र अवैध भई कानूनी समस्या आउन सक्छ कि भन्ने समस्या देखापरेको बताउनुभयो ।

उहाँले थुप्रै देशहरुले कामदारहरु कटौति गर्ने र रजिस्ट्रेसन सुरु गरेको अवस्थामा खर्चको अभाव हुने समस्या आएको समेत बताउनुभयो । तर अधिकांश देशहरुले भिजाको अवधि तीन महिना थपेकाले भने कुनै समस्या नहुने र सरकारले पनि त्यसमा पहल गरिराख्ने भएकाले कुनै समस्या आउन नदिने बताउनुभयो । नेपालबाट श्रमका लागि भारत, साउदी अरेयिबा, युएई, कतार, मलेसिया, दक्षिण कोरिया, जापान, साइप्रस, इजरायल लगायतका देशहरुमा नपालीहरु गएका छन् । यसबाहेक अन्य धेरै मुलुकमा अध्ययन, तालिम, श्रम गर्न तथा घुम्नका लागि गएका नेपालीहरु रहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ४६ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ