१८ श्रावण २०८३, सोमबार | August 3, 2026

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थपबारे निर्णय हुने



काठमाडौं । लकडाउनबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

बैठकले लकडाउन थपको निर्णय गर्ने बुझिएको छ । कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अहिलेसम्म गरेको लकडाउन प्रभावकारी रहेको ठहर गर्दै अझै लम्ब्याउनुपर्ने निस्कर्ष निकालेको थियो । प्रधानमन्त्रीकै उपस्थितिमा बसेको बैठकको सिफारिसलाई मन्त्रिपरिषदले अनुमोदन गर्ने एकमन्त्रीले बताए ।

कोरोना भाइरस ९कोभिड–१९० संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि देशभर लकडाउन जारी राखेको छ। कम्तिमा पनि एक साता लकडाउनको अवधि थपिने उच्चस्तरी समितिमा प्रतिनिधित्व गर्ने एक मन्त्रीले जानकारी दिए ।

यसअघि नै प्रधानमन्त्री ओलीले लकडाउनलाई निरन्तरता दिने संकेत गरिसक्नुभएको छ ।

सरकारले कोरोना नफैलियोस् भनेर सुरुमा ११ चैतमा एक साताका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटक पटक थप गर्दै लकडाउनको अवधि २५ वैशाखसम्म पुर्‍याएको छ।

भारतले ४ जेठसम्म लकडाउनको अवधि थपिसकेको छ। भारतमा संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेको छ। नेपालमा पनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : २० बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल