८ कार्तिक २०८३, आइतबार | October 25, 2026

अष्ट्रेलियन नागरिक बोकेर उड्दै नेपाल एयरलाइन्स, आजै कार्गो विमान चाइना उड्ने



काठमाडौं । लकडाउनका कारण नेपालमा अड्किएका अष्ट्रेलियन पीआर नेपाली तथा अष्ट्रेलियन नागरिक लिएर नेपाल एयरलाइन्सको जहाज उड्दै छ । आज साढे १ बजे नेपाल एयरलाइन्सको जहाज सिड्नी प्रस्थान गर्दैछ ।

२६४ जना अष्ट्रेलियाली नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चार्टर्ड उडान गर्न लागेको हो ।

कोरोना भाइरसका महामारी विश्वव्यापी बनेसँगै विभिन्न देशहरुले विमान चार्टर्ड गर्दै आफ्ना नागरिक फिर्ता लगिरहेको बेला अष्ट्रेलियाले पनि आफ्ना नागरिक फिर्ता लगेको हो ।

त्यसैगरी, आजै साँझ ५ बजे चाइनाको बेइजिङका लागि नेपाल एयरलाइन्सको कार्गो उडान हुँदैछ । नेपाल एयरलाइन्सले लकडाउन सुरु भएपश्चात ८ वटा अन्तर्राष्ट्रिय उडानहरु गरिसकेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १२ : ५४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको