११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सचिवालय बैठकमा चर्काचर्की, स्थायी कमिटी बैठक अन्यौलमा



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठककै बीचमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि स्थायी कमिटी बैठक अन्यौलमा परेको छ । प्रधानमन्त्रीले बैठक छोडेर बाहिरिए पछि बिहीबार बस्ने स्थायी कमिटी बैठक नै नहुने अवस्थामा पुगेको हो ।

सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले २० सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका थिए। अब, स्थायी कमिटी बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बैठक जारी रहेकै समयमा अध्यक्ष ओली बैठकबाट बाहिरिनुभएको थियो ।

सचिवालय बैठकमा सरकारले ल्याएको अध्यादेश र एकव्यक्ति एक पदका विषयमा चर्काचर्की पछि प्रधानमन्त्रीले बैठक छोडेको बुझिएको छ । अहिले अध्यक्ष प्रचण्ड र ओलीबीच छलफल भैरहेको छ ।

प्रधानमन्त्री इतर नेताहरुले बैशाख २० गतेको सचिवालयले एक व्यक्ति एक पदमा सहमति गरेको दाबी गर्दै आएका छन् भने ओली पक्षले भने त्यसलाई अस्वीकार गर्दै पार्टीलाई मिलाएर लैजाने विषयमा मात्र सहमति भएको बताउँदै आएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीसहित सबै सचिवालय सदस्यहरुले आत्मालोचना गरेका थिए । बिहीबार बस्ने स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न आज सचिवालय बैठक बसेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : १९ बजे

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को