४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं । बिहीबार बस्ने तया भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डा तय गर्न नसेकेपछि बिहीबारको बैठक स्थगित भएको हो । सचिवलय बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बीचैमा छोडेर हिँडेपछि भाँडिएको थियो ।

स्थायी कमिटी बैठकका एजेण्डाका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच कुरा मिलेको थिएन । एजेण्डालाई अन्तिम रुप दिन समय नपुगेपछि स्थायी कमिटी बैठक स्थागित भएको महासचिव विष्णु पौडेलले बताउनुभयो । अर्को बैठकको मिति पछि तय हुने पनि पौडेलले बताउनुभयो ।

अब, शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ भनु जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । यसकारण नेकपा स्थायी कमिटी बैठक कम्तिमा पनि जेठ १५ गतेसम्मका लागि टरेको छ ।
स्थायी कमिटी बैठक सरेसँगै अध्यक्ष ओलीलाई भने हाइसञ्चो भएको छ । बैठक छल्नका लागि ओलीले सबै उपाय अनाउनुभएको थियो । आफुलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट हटाउन खोजेको, आफु विरोधी गुट बैठकहरु हुँदै आएको भन्दै आक्रोशित हुनुभएका ओलीले स्थायी कमिटी बैठक सार्न सफल हुनुभएको छ ।

ओलीको विरुद्ध मोर्चावन्दी गरेका प्रचण्ड, माधव नेपाल समूहका नेताहरु भने अलमलमा परेका छन् । उनीहरुले स्थायी कमिटी बैठकमा अलग्गै प्रस्ताव लगेर भएपनि ओलीलाई लगाम कस्न खोजेका थिए ।

पछिल्लो चराणमा गुट सक्रियताकै कारण नेकपाको संगठनात्मक अवस्था संवेदनशील मोडमा पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको