२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

लायन्स क्लबद्धारा सहयोग वितरण



बुटवल । कोरोना भाइरसको कारण सृजना भएको विषम परिस्थितीमा “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने उद्धेश्यका साथ सामाजिक संस्था लायन्स क्लब बुटवल, लायनेस क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलले सयुत्त रुपमा सहयोग गरेको छ ।

संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालय मातहतमा रहेर सुरक्षार्थ खटिएका प्रहरीहरुलाई १ हप्ता सम्म निशुल्क खाजा, नास्ता प्रदान गरेको छ ।

कोभिड–१९ को जोखिम न्युनीकरणका लागि रात दिन जनताको सेवामा खटिएका प्रहरीहरुलाई लायन्स, लियो क्लवहरुले संयुक्तरुपमा निःशुल्क खाजा नास्ताको प्रबन्ध गरेका हुन ।

क्लवहरुले इलाका प्रहरी कार्यालय अन्र्तगत रहेका सबै अस्थायी तथा सथायी प्रहरी चौकी कार्यालयमा खटिएका विभिन्न दर्जामा कार्यरत प्रहरी जवानहरुलाई कार्यालय परिषरमा नै गएर खाजान, नास्ता, पानी लगायतका प्रबन्ध गरेका हुन ।

लायन्स बुटवलका अध्यक्ष नरेश कुमार श्रेष्ठका अनुसार सामाजिक सेवा भावले जनताको सुरक्षाको लागि खटिएका प्रहरीलाई सहयोग गर्नुपर्दछ भन्ने उदेश्यले एक साता सम्म सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले विपत, महामारीका बेला एकले अर्कालाई मद्दत गर्न र सामाजिक सद्भाव कायम होस् भनि सानो सहयोग गरिएको बताउनुभयो । कोभिड–१९ को जोखिम हुन नदिन लायन्सले विभिन्न मानवीय सेवाका काम गरिरहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

बुटवल कोरोना बिशेष–अस्थाई अस्पतालमा औषधी वितरण गरेको छ । तिन ओटा क्लवहरुले बुटवलको आइसोलेसन विशेष अस्थायी अस्पतालको आई सि यू कक्षलाई चाहिने अत्यावश्यक औषधी सामाग्री समेत सहयोग गरेको छ । बुटवल प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईलाई सो औषधी सामाग्री हस्तान्तरण गर्नुभएको थियो, त्यसैगरी भिमसेन टोल बिकास रहेका १ सय १७ घर लक्षित वर्गलाई खाद्यान्न बितरण समितीका सभापति महेन्द्रराज भण्डारीलाई एकमुष्ट रुपमा हस्तान्तरण गरिएको थियो ।

प्रादेशिक अस्पतालका साबुन हस्तारण गरेको छ । बुटवल वडा न २ मा पनि दैनिक ज्यालादारी गरी खाने ३७ घरमा खाद्यान्न बितरण गरेको छ । बितरण कार्यक्रमा लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपाल पुर्व डिष्ट्रिक्ट गर्भरन एमजेएफ महेन्द्रनारायण श्रेष्ठ, डिष्ट्रिक्ट को चिफ एड्भाईजरद्धय एमजेएफ अर्जुनमान शैजु र निर्मल लाकौल, जोन चेसर्पसन दिनेश प्रसाद श्रेष्ठ, लायन्स आखाँ अस्पतालका सभापति रामेश्वर प्रसाद श्रेष्ठ, लायन्स क्लब अफ बुटवलका पूर्व अध्यक्ष अनिल प्रसाद श्रेष्ठ, लायनेश बुटवलका अध्यक्ष पुजन श्रेष्ठ, लियो अध्यक्ष अबिनास श्रेष्ठको उपस्थितिमा वितरण गरिएको हो ।

त्यसै गरी लायन्स बुटवलले आखाँ अस्पतालबाट अति बिपन्न गरिबको निशुल्क अपरेशन ,महीला पाठेघर निशुल्क औषधि उपचार, गरिब तथा जेहेदार निशुल्क शिक्षा, चेल्डेन्न पार्क, प्रत्तिक्षालय, जस्तै १ दर्जन समाजिक सेवा गर्दै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ३२ बजे

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल