२२ माघ २०८२, बिहिबार | February 5, 2026

तिलोत्तमाका विद्यालयलाई नगरपालिकाको निर्देशन : नयाँ शैक्षिक सत्रमा २०७६ कैं पाठ्यपुस्तकलाई निरन्तरता दिनू



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक सत्र २०७६ का पाठ्यपुस्तकलाई नैं नयाँ शैक्षिक सत्रमा लागू गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

बुधबार बसेको नगर शिक्षा समितिको बैठकले हरेक वर्ष पाठ्यपुस्तक फेर्दा अभिभावकलाई आर्थिक व्ययभार बढ्ने भन्दै शैक्षिक सत्र २०७६ मा लागू गरिएका पाठ्यपुस्तकलाई नै शैक्षिक सत्र २०७७ मा निरन्तरता दिने निर्णय गरेको हो । कोरोना संक्रमणको कारण उत्पन्न आर्थिक संकट समेतलाई मध्यनजर राखी विद्यालय पाठ्यपुस्तकको सन्दर्भमा यस्तो निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।

विद्यालयहरुले नतिजा प्रकाशनसँगै नयाँ शैक्षिक सत्रमा लागू हुने पाठ्यपुस्तकको सूची विद्यार्थी, अभिभावक तथा पुस्तक बिक्रेतालाई दिने गर्दछन् । शिक्षा समितिको बैठकले २०७६ सालको कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा जेठ २ गते डिजिटल प्रविधि अथवा टेलिफोनको माध्यमबाट विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराउने निर्णय पनि गरेको छ ।

तर विद्यार्थी भर्ना तथा पठनपाठन सम्बन्धी कार्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनाअनुसार अर्को निर्णय नहुँदासम्म नहुने नगरपालिकाले स्पष्ट पारेको छ । यस्तै नगरपालिकाले विद्यार्थी भर्ना तथा अनलाईन पठनपाठनको नाममा कुनै पनि प्रकारको शुल्क नलिन विद्यालयहरुलाई सचेत गराएको छ । लकडाउन लम्बिरहँदा कतिपय विद्यालयहरुले अनलाइन कक्षाहरु सञ्चालन गरेका छन् ।

नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा अर्थात् कक्षा ८ को वार्षिक परीक्षाको नतिजा नगरपालिकाको वेवसाइडमा जेठ १ गते प्रकाशित गरिने र विद्यार्थीकोे सिम्बोल नम्बर तथा जन्म मिति टाईप गरी हेर्न सकिने शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ४१ बजे

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा