२२ माघ २०८२, बिहिबार | February 5, 2026

नेपाल छिर्न खोज्ने भारतीयहरुबाट बारामा सशस्त्र प्रहरीको चेकपोष्ट तोडफोड प्रयास



बारा । झापास्थित नेपाल भारत सीमा नाकास्थित नेपाली भूमिमा भारतीयहरुबाट सशस्त्र प्रहरीमाथि आक्रमण प्रयासको एक साता नवित्दै बारामा फेरि आक्रमणको प्रयास भएको छ ।

बाराको कबहीगोठमा नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको चेकपोस्ट तोडफोड गर्न खोजेका छ्न । भारतीयहरुलाई भगाउन सशस्त्र प्रहरीले हवाई फायर गरेको छ।

बिहीबार भारतबाट गाडीमा आएका भारतीयलाई सशस्त्रले नेपाल प्रवेश गर्न रोकेपछि उनीहरुले उनीहरुले सीमानामा रहेको चेकपोस्टमा ढुंगामुढा गरेका थिए । ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नुपरेको बाराका सशस्त्र प्रहरी प्रमुख एसपी दिगविजय सुवेदीले जानकारी दिनुभयो ।

‘चेकपोस्टमै आक्रमण गर्न थाले, स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको एसपी सुवेदीले बताउनुभयो ।

भारतीय नागरिकको ज्यादतीबारे सशस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बल एसएसबीलाई जानकारी गराएपछि एसएसबीले उनीहरुलाई सम्झाउन प्रयत्न गरेको थियो । त्यस क्षेत्रमा अहिले पनि तनाब कायमै छ ।

भारतीयहरुले नेपाली भूमिभित्रै पसेर सुरक्षाकर्मीको चेकपोष्ट तोडफोडको प्रयास गरेपछि प्रतिकारमा नेपाली नागरिकहरु पनि घटनास्थल पुगेका थिए । तर, सुरक्षाकर्मीले नेपाली नागरिकलाई उत्तेजित नबन्न सम्झाईबुझाई गरेका छन् ।

सरकाले भारतबाट जोसुकैलाई पनि नेपाल प्रवेश गर्न निषेध गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ३ : २३ बजे

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा