१८ श्रावण २०८३, सोमबार | August 3, 2026

ओली इतर स्थायी कमिटी सदस्यहरुद्वारा पार्टी कार्यालयमै भेला, तत्काल बैठक बोलाउन माग



काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टीको स्थायी कमिटी बैठक अनिश्चितकालसम्म स्थगित भएपछि असन्तुष्ट नेताहरुले पार्टी केन्द्रीय कार्यालयमै भेला गरेका छन् ।

स्थायी कमिटी बैठकको माग गरेका २० जना नेताहरुको पहलमा अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल समूहका नेताहरुले पार्टी कार्यालयमा छलफल गरेका हुन् ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीलाई विधि र प्रक्रियाअनुसार कसरी एकतावद्ध बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

छलफलमा उपस्थित अर्का एक नेताले भने अध्यक्ष ओलीले स्थायी कमिटी बैठकबाट भागेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए । स्थायी कमिटी बैठक नबोलाइएको अवस्थामा कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल गरिएको दाबी गरे । उनले पार्टी कार्यालयमै गरिएको छलफल अध्यक्ष ओलीको गैरजिम्मेवार गतिविधिविरुद्ध सांकेतिक विरोध भएको बताए ।

बुधबार बसेको सचिवालय बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्क गरेपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ३ : ४६ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल